लमजुङमा ट्राफिक सचेतना

आदर्श समाज सम्वाददाता
असार २६, २०७६
Nepal-Traffic-Police-715×400

लमजुङ, २६ असार । लमजुङमा यातायात मजदुरहरूलाई ट्राफिक नियम सचेतना गराइएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले सचेतनामूलक कार्यक्रम गरेको हो ।

कार्यक्रममा हरेक चालकले ट्राफिक नियम पालना गरे सवारी दुर्घटना न्यूनीकरण हुने बारे कार्यक्रममा सहभागीले यातायात मजदुरलाई सचेत गराइएको सामाजिक विकास मन्त्रालयका शाखा अधिकृत तोपलाल भुषालले बताए । उनले यातायात क्षेत्रका मजदुरलाई ट्राफिक नियम र ट्राफिक नियम उल्लंघन गरे हुने कारबाही र दण्ड जरिवानाबारे सचेत गराइएको हो भने । जनचेतना जगाउन कार्यक्रम आयोजना गरेको भुषालले बताए ।

जिल्ला न्यायधिवक्ता एकनारायण लम्सालले ट्राफिक नियम उल्लंघन गरे भोग्नु पर्ने कानूनी सजाय तथा दण्ड जरिवाना आदिकाबारे जानकारी गराएका थिए । उनले कानूनले कसैका लागिपनि क्षम्य हुँदैन थाहा छैन भन्ने, पालना नगर्ने तथा कानूनलाई छल्न प्रयन्त गर्नेलाई कानून बमोजिम नै कारबाही हुने बताए ।

बढ्दो ट्राफिक नियम उल्लंघनलाई मध्यनजर राखेर ट्राफिक प्रहरीको समेत उपस्थितिमा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले यातायात क्षेत्रका मजदुरलाई सचेतना कार्यक्रम गरेको जानकारी दिइएको थियो । निमित्त प्रमुख जिल्ला अधिकारी अनिल शाहीले यातायात क्षेत्रका मजदुरले मात्रै ट्राफिक नियमको पालना गरिदिएमात्रै यसबाट दुर्घटना न्यूनीकरण हुने र जनधनको क्षति नहुने बताए । सवारी चालकको सानो गल्तिले जीवनमा कहिल्यै विर्सन नसक्ने घटना घट्ने भएकाले सवारी चालक चनाखो हुनुपर्ने बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक छवबहादुर घर्तीले ट्राफिक नियमबारे प्रशिक्षण दिएका थिए । उनले जिल्लामा सवारी चालकले ट्राफिक नियम उल्लंघन गरिरहेको भन्दै आफूले पनि ट्राफिक नियम उल्लंघन नगर्ने र अरूलाई पनि गर्न नदिनेतर्फ यातायात क्षेत्रका मजदुर सचेत र एक हुनुपर्नेमा जोड दिए । उनले भने ‘ट्राफिक नियम पालना गरेर सभ्य चालकको परिचय दिने हुनुपर्छ ।’

पत्रकार महासंघका जिल्ला अध्यक्ष आश गुरुङले सवारी चालक पेशा मर्यादिन पेसा भएको र यसलाई मर्यादिन बनाउन सवारी चालक र सहचालकनै लाग्नुपर्ने बताए । सो कार्यक्रममा प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङ, यातायात व्यवसायी संस्था तथा कम्पनीका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति थियो ।कार्यक्रमको संचालन गर्दै सामाजिक विकास मन्त्रालयका नायव सुब्बा महेन्द्र आचार्यले चालक तथा मजदुरले ट्राफिक नियम जानेको तर पालना नगरेको पाइएकाले यस्ता कार्यक्रमको आवश्यकता बढेको बताए ।

Related News

सम्बन्धित समाचार

  • पोखरा बहुमुखी क्याम्पसको क्यालेन्डर विमोचन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा बहुमुखी क्याम्पसमा अध्ययनरत विभिन्न तह र संकायका विद्यार्थीलार्ई निशुल्क कम्प्युटर तालिम प्रदान गरिएको छ । विद्यार्थीलाई पाठ्यक्रमसँगै…
  • पोखरामा गणित समाजको कार्यशाला

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । नेपाल गणित समाजको आयोजनामा नेपाल गणित समाज गण्डकी प्रदेशको स्थानीय व्यवस्थापनमा आयोजित कार्यशाला गोष्ठी आइतबार पोखरामा सम्पन्न भएको…
  • लेकसिटी कलेजमा स्वागत र बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरमा पहिलो वर्षमा भर्ना भएका र अन्तिम वर्षमा पढिरहेका विद्यार्थीलाई स्वागत तथा बिदाइ गरिएको…
  • राष्ट्रिय शिक्षक संगठन कास्कीमा तीर्थराज

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीको १४ औं अधिवेशनबाट तीर्थराज ढकाल सर्वसम्मत निर्वाचित भएका छन् । उपाध्यक्ष (खुला) मा…
  • गण्डकी बोर्डिङ व्यवस्थापन समितिमा ३ सदस्य मनोनीत

    आदर्श समाज सम्वाददाता चैत्र २९, २०८०
    पोखरा । गण्डकी बोर्डिङ स्कुल व्यवस्थापन समितिमा ३ सदस्य मनोनीत भएका छन् । सोमबारको बैठकले जग्गादाता मदनबहादुर केसी, एग्बोसाका निवर्तमान…

hero news full width