भोजपुर, २५ असार । भोजपुर सदरमुकाममा प्रहरी र नेत्रविक्रम चन्द (विप्लव) समूहबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ ।
बुधवार विहान सदरमुकामको हटिया लाइनमा दुबै पक्षबीच गोली हानाहान हुँदा प्रहरी जवान सञ्जीव राई र विप्लव समूहका ओखलढुङ्गा इञ्चार्ज निरकुमार राईको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए ।
घटनामा प्रहरी जवान खोमनाथ भट्टराई घाइते भएका छन् । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गोली लाग्नसाथ अस्पताल लगिएका दुवैलाई चिकित्सकले मृत घोषणा गरेका थिए । यो घटनापछि सदरमुकाममा सुरक्षा व्यवस्था कडा पारिएको छ । निरन्तर वर्षा भइरहेकाले अनुसन्धानमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी
गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने
किरिया बसेका दाजुभाइ परीक्षामा
सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल
बजेट अभावमा नगर अस्पतालको काम रोकियो
hero news full width
मुख्य समाचार
एमाले कास्कीमा को-को निर्वाचित ? (अन्तिम मतपरिणामसहित)
एमाले कास्की अध्यक्षमा बैनबहादुर विजयी
चैत्र १४, २०८०तनहुँ र चितवनलाई जोड्ने ठिमुरामा पक्की पुल
चैत्र १४, २०८०बाँदरसँग आजित किसानले गुहारे कानुन मन्त्री, भन्छन् : बाँदर मार्ने कानुन बनाइदेउ
चैत्र १४, २०८०एमाले कास्कीमा नयाँ नेतृत्वका लागि मतदान
चैत्र १३, २०८०कास्की कारागारमा आँखा शिविर, १ सय ८८ जनाको आँखा परीक्षण
चैत्र १३, २०८०