मदन पुरस्कारका लागि सात कृति छनोटमा

Avatar आदर्श समाज सम्वाददाता
असार २५, २०७६

काठमाडौँ, २५ असार । मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०७५ का लागि सात वटा कृतिलाई श्रेष्ठ सूचीमा छनोट गरेको छ ।

छनोट भएका कृतिमा सानु शर्माको ‘एकादेशमा’, बिन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’, कुमार नगरकोटीको ‘ज्ञ’, छुदेन काविमोको ‘फातसुङ’, महेश थापाको ‘मरीचिका’, योगेशराजको ‘रणहार’ र ध्रुव सापकोटाको ‘विचारको लाश’ छन् ।

पुरस्कारका लागि कूल २५७ कृति प्राप्त भएकामा छनोट समितिको सिफारिशमा ती सात कृतिको नाम सार्वजनिक गरिएको गुठीले जनाएको छ । छनोटमा परेका सात कृतिमध्येबाट एक कृतिलाई मदन पुरस्कार प्रदान गरिनेछ । साहित्यिक क्षेत्रमा यस पुरस्कारलाई महत्वपूर्ण मानिन्छ ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

नवीन कलाश्री पुरस्कार मानन्धरलाई

पोखरामा नेपाल सम्बत ११४०को स्वागत

थानीमाई मन्दिरमा ६५ वटा फूलको डोली भित्रिए 

अस्ट्रेलियाान ११० औँ लक्ष्मी जन्म जयन्ती

प्रमुख समाचार

करेन्ट लाग्दा दाजुभाइृको मृत्यु

थप प्रमुख समाचार

बङ्गलादेशका राष्ट्रपति हमिद जलविहार गर्दै

बंगललादेशका राष्ट्रिपति पोखरामा

पेस्तोलसहित २ पक्राउ

बागलुङमा बिश्व मधुमेह दिवस मनाइयो