हेमजाको गौरीशंकर माविलाई राष्ट्रपति कप रनिङ शिल्ड

आदर्श समाज सम्वाददाता
असार २५, २०७६
Bibek Pariyar, Rastrapati Running Shield

पोखरा । हेमजाको गौरीशंकर मावि ११ औं संस्करणको कास्की जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको च्याम्पियन बनेको छ ।

गौरीशंकरले ९ स्वर्ण, ३ रजत र ३ कास्य पदक जित्दै च्याम्पियन बनेको हो । ७ स्वर्ण पदक जित्दै टप्स बोर्डिङ स्कूलले दोस्रो स्थानमा चित्त बुझाएको छ । कुमुदिनी होम्स भने ३ स्वर्णसहित तेस्रो स्थानमा रह्यो ।

मंगलबार भएको प्रतिस्पर्धामा छात्रा भलिबलतर्फको उपाधि टप्सले जित्यो । छोरेपाटन मावि दोस्रो र निष्पक्ष मावि तेस्रो स्थानमा रह्यो । छात्रतर्फको प्रतिस्पर्धामा भने मेश्रमबराह मावि घान्द्रुकले स्वर्ण पदक जित्यो । शारदा मावि माछापुच्छ«े गाँउपालिकाले रजत र सिद्धबराह माविले कास्य पदक जित्यो ।

एथलेटिक्सको ८ सय मिटर छात्रतर्फ ज्ञानज्योति मावि माछापुच्छ«े गाउँपालिकाका विवेक परियारले स्वर्ण जितेका छन् । उनले दुरीलाई २ मिनेट २१ दशमलव ३८ सेकेण्डमा पूरा गरे । टप्सका सुन्दरकुमार श्रेष्ठले २ मिनेट २४ दशमलव ६५ सेकेण्डमा पूरा गर्दै रजत र महेन्द्र मावि माछापुच्छ«ेका ईश्वर परियारले २ मिनेट ४७ दशमलव ८ सेकेण्डको समय लगाउँदै कास्य पदक जिते ।

छात्रातर्फको प्रतिस्पर्धामा टप्सकी सविना बानुले व्यक्तिगत स्वर्ण पदक जित्ने क्रममा ३ मिनेट ४ दशमलव ९९ सेकेण्डको समय लगाइन् । उदय मावि माछापुच्छे«की विनु वि.क.ले ३ मिनेट ७ दशमलव ४० सेकेण्डमा पूरा गर्दै रजत र रितु भण्डारीले ३ मिनेट ९ दशमलव ५० सेकेण्डले पूरा गर्दै कास्य पदक जितिन् ।

चार गुणा चार सय रिलेको प्रतिस्पर्धामा छात्रतर्फ टप्सले स्वर्ण पदक जित्यो । छात्रातर्फ गौरीशंकर माविले स्वर्ण र टप्सले रजत जितेको छ । ज्याभलिन थ्रोको प्रतिस्पर्धामा छात्रतर्फ गौरीशंकरका शंकर परियारले ३२ दशमलव १ मिटर फालेर स्वर्ण पदक जिते । माछापुच्छ«े माविका सञ्जय मगरले ३० दशमलव ३४ मिटर फाल्दै रजत र गौरीशंकर माविका पूर्ण छन्त्यालले २९ दशमलव ५५ मिटर फालेर कास्य पदक जित्न सफल भएका हुन् ।

छात्रातर्फको इभेण्टमा भद्रकाली मावि कुँडहर पोखराकी सोनु नेपालीले २८ दशमलव १९ मिटर फाल्दै स्वर्ण, महेन्द्र मावि माछापुच्छ«ेकी शुशिला शाहीले १७ दशमलव ७६ मिटरको दुरी फालेर रजत र बहादुर मावि अन्नपूर्ण गाउँपालिकाकी सीता भुजेलले १२ दशमलव ५८ मिटर फालेर कास्य पदकमा जितिन् ।

छात्रा सटफुट तर्फ भद्रकाली माविकी सोनु नेपालीले व्यक्तिगत दोस्रो स्वर्ण जितिन् । सोनुले १० दशमलव ५० मिटर पर फालिन् । बहादुर माविकी संगीता नेपालीले ६ दशमलव ८६ मिटर र माछापुच्छ«े माविकी शुशिला शाहीले ६ दशमलव ७२ मिटर फालेर कास्य पदक जितिन् ।

छात्रतर्फको प्रतिस्पर्धामा भने माछापुच्छ«े माविका दिवेक तामाङले ११ दशमलव ३२ मिटरसहित स्वर्ण र कास्की मोडनाईज्डका विसम थापाले ९ दशमलव ९२ मिटर फालेर रजत पदक जितेका छन् ।

प्रतियोगितामा उत्कृष्ठ छात्रतर्फ कुमुदिनी होम्सका सागर नेपाली ३ स्वर्ण, छात्रातर्फ गौरीशंकर माविकी अनिषा भण्डारी ४ स्वर्ण र उदीयमान खेलाडी ज्ञानज्योति माविका विवेक परियारले २ स्वर्णसहित सम्मानित भए ।

विजेता विद्यालयलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ, कोषाध्यक्ष दिपकबहादुर गोदार, कार्यालय प्रमुख प्रकाश बराललगायतले ट्रफी पदक तथा प्रमाणपत्र प्रदान गरे । असारको २६ गतेबाट प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु हुनेछ ।

खाली खुट्टा दौडेरै विवेकले २ स्वर्ण जिते

माछापुच्छ«े गाउँपालिका, लाहाचोकस्थित ज्ञानज्योति माविका विवेक परियारले खाली खुट्टा दौडेरै कास्कीमा सम्पन्न ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बिबेकले २ स्वर्ण जितेका छन् ।

ट्रयाकमा दौडिनु अघि विपन्न परिवारका बिबेकको खुट्टामा जुत्तानै थिएन । उनी चप्पल लगाएरै प्रतियोगितामा सहभागिता जनाउन उनी लाहाचोक बाट पोखरा आएका थिए ।

बिबेकले खाली खुट्टा दौडेरै ८ सय र १५ सय मिटरमा स्वर्ण पदक हात जिते । उनले २ मिनेट २१ दशमलव ४ सेकेण्ड लगाएर ८ सय मिटर दौड पूरा गरे । यसैगरी, ४ मिनेट ५४ दशमलव ३४ सेकेण्डको समय लगाएर १५ सय मिटरको दौड पूरा गरे । ज्ञानज्योती माबिको कक्षा ८ मा पढ्ने बिबेकले यस ठूलो प्रतियोगितामा पहिलो सहभागिता जनाएका हुन् । उनी गण्डकीस्तरिय रनिङ शिल्डमा समेत छनौटमा परेका छन् ।

बिबेकको प्रतिभा देखेर छक्क परेका क्षेत्रिय खेलकुदका अध्यक्ष सम्पन्न श्रेष्ठले ब्यक्तिगत रुपमा २ हजार १ सय दिए । बिबेकको खेल प्रतिको भावना देखेर उदियमान खेलाडीका रुपमा कास्की जिल्ला खेलकुदले समेत नगद सहित सम्मान गरेको छ । जिल्ला खेलकुदका तर्फबाट अध्यक्ष याम गुरुङले उनलाई ५ हजार नगदसहित सम्मान गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width