कालीगण्डकी करिडोर अन्तिम चरणमा

आदर्श समाज सम्वाददाता
असार २४, २०७६
Kaligandai-corridor

बागलुङ, २४ असार । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ सदरमुकामदेखि बलेवा विमानस्थलसम्मको १० किमि सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

२०७१ सालदेखि मालढुङ्गाहुँदै गुल्मीको रिडीसम्मको सडक खण्डको ट्रयाक खोल्ने र विस्तारको काम नेपाली सेनाले जिम्मा लिएका थियो ।उत्तर–दक्षिण जोड्ने सडक खुलेपछि यातायातका साधन आवातजावत गर्न थालेका छन् । उत्तरतर्फ चीन र दक्षिणतर्फ भारत जोड्ने महत्वपूर्ण सडक मार्ग भएकाले पनि सरकारले यस सडकलाई प्राथमिकतामा राखेको छ ।
अहिले बलेवा विमानस्थलसम्मको सडक १० मिटर चौडा गराउने जिम्मा नेपाली सेनालाई दिएपछि ठूलो भीर र कडा चट्टान काटी स्तरवृद्धि गर्ने कार्य अन्तिम चरणमा पु¥याइएको छ ।
गुल्मी खण्डमा रुद्रवेणीदेखि अब्रेनीसम्म २१ किमि सडक निर्माण कार्यपनि अन्तिम चरणमा पुगेको छ । या सडक निर्माण सम्पन्न भएसँगै नेपाल सरकारबाट बजेट विनियोजन भए बलेवादेखि पालुङखोलासम्म र गुल्मीको अर्बेनीदेखि पालुङखोलासम्म कार्य गर्ने निर्माण कार्यदलका प्रमुख इन्जिनियर रेश्मीराज भट्टराईले बताए ।

नेपाली सेनाले सडक विस्तार र स्तरोन्नतिको काम सकेपछि कालोपत्रका लागि सडक विभागलाई हस्तान्तरण गर्नेछ ।यो सडक सम्पन्न भएपछि मुस्ताङ, म्याग्दी, पर्वत, बागलुङ, गुल्मी, स्याङ्जा, पाल्पा, बुटवलका स्थानीयवासीलाई उत्तर दक्षिण आवातजावत गर्न सहज हुनेछ । यस सडकमा साना तथा ठूला सवारी साधानहरु सहज रुपमा दोहोर आवतजावत गर्नेछन् ।

Related News

सम्बन्धित समाचार

hero news full width