पोखरा, २४ असार । पोखरा चेम्बर अफ कमर्स कास्कीका पदाधिकारी र मित्रराष्ट्र चीनको नानजिङका उद्योगी व्यवसायीको प्रतिनिधि मण्डलबीच भेटवार्ता भएको छ ।
चीनको नानजिङका व्यवसायी समूहका यामको नेतृत्वमा पोखरा आएको १८ जनाको प्रतिनिधि मण्डलसंग दुई देशबीच व्यवसायिक आदान प्रदान र नागरिक स्तरबाट भाषा संस्कृति आदान–प्रदानबारे महत्वपूर्ण छलफल गरेको पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारले जानकारी दिए ।
कार्यक्रममा अध्यक्ष सुनारले पोखराको पर्यटन, कृषि र ऊर्जामा लगानी गर्न सो प्रतिनिधि मण्डललाई आग्रह गरेका थिए । सो व्यवसायिक प्रतिनिधि मण्डलले आफुहरुको नेपालमा लगानी गर्न इच्छुक भएको र सरकारको तर्फबाट पहिला व्यवसायिक सुरक्षा, नीतिगत, स्पष्टता भएमा चेम्बरको सहयोगमा पोखरा क्षेत्रमा लगानी गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरेको थियो ।
व्यवसायीक प्रतिनिधि मण्डलबीच भेटवार्ता बैठकमा नेपाल चाइनाका संघ महासचिव विवेक पौडेल, पोखरा चेम्बर अफ कमर्स कास्कीका उद्योग तर्फका उपाध्यक्ष गीता तिवारी, वस्तुगत तर्फका उपाध्यक्ष यमनाथ पौडल, वाणिज्य तर्फका उपाध्यक्ष प्रेमबहादुर भुजेल, महासचिव उमराज बास्तोला लगायत कार्यसमितिका सदस्यहरुको सहभागिता रहेको थियो ।
Related News
सम्बन्धित समाचार
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
गरिमा र टान गण्डकीबीच सम्झौता
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१