सदरमुकाममै छाउगोठ

रासस
असार २४, २०७६
manisha-kumari_05-61

अमरगढी, २४ असार । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुराको सदरमुकाम बजारमै छाउपडी गोठ (महीनावारी भएको बेलामा सुत्ने ठाउँ) फेला परेको छ ।

बजार छेउमा रहेको अमरगढी नगरपालिका–५ का विभिन्न गाउँमा दर्जनौँ घरमा छाउपडी गोठ भेटिएका हुन् । यस क्षेत्रका विभिन्न गाउँपालिकाबाट सदरमुकाम आई बसोवास गर्ने यो टोलमा उनीहरुले आफ्ना छोरीबुहारीलाई बस्न घरभन्दा अलि टाढा छाउपडी गोठ बनाएको भेटिएको हो ।

धेरैजसो उपल्लो समुदायका महिलाहरूले महीनावारी भएका बेला घरमा राखे देवीदेउता रिसाएर अनिष्ट हुने भन्दै छोरीबुहारीलाई बस्न अलग्गै छाउपडी गोठ निर्माण गरेको पाइएको छ । असुरक्षित रहेका यी छाउगोठमा महीनावारी भएका महिलालाई ५/६ दिनसम्म राख्ने गरिन्छ । नगरपालिका सदरमुकाममा रहेको बजार छेउमै कुरीतिका रूपमा रहेको छाउगोठ भेटिएपछि महिला अधिकारकर्मीले आश्चर्य प्रकट गरेका छन् ।

एक्काइसौँ शताब्दीमा पनि सदरमुकाम नजिकैका अधिकांश गाउँमा अझै महिलालाई महीनावारी भएको बेला छाउगोठमा राखेर पशुसरह व्यवहार गरिएको महिला अधिकारकर्मीहरुले प्रतिक्रिया दिएका छन् । डडेल्धुरा सदरमुकाम बागबजार, तुफानडाँडा, खलङ्गा, कीर्तिपुर र पोखरा बजारका क्षेत्रमा महीनावारी भएका बेला बस्ने कोठा अथवा छाउगोठ कायमै रहैको महिला अधिकारकर्मी इन्दिरा ताम्राकारले बताइन् ।

Related News

सम्बन्धित समाचार

  • सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । गण्डकीका सांसद जित शेरचन बजेट निर्माणमा फिक्सिङ भएका योजनाहरु अलपत्र परेको बताउँछन् । सरकारले बजेट बनाउँदा सांसदलाई थामथुम…
  • सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’

    रासस माघ ११, २०८१
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यम उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको ‘ब्रेक थ्रू’ भएको छ । ‘ब्रेक थ्रू’…
  • राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा बिहीबारदेखि ३३ औं राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव…
  • जनप्रियको वार्षिकोत्सवमा सम्मान

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा । जनप्रिय माध्यमिक विद्यालय पोखरा–८, सिमलचौरको ५६ औं वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण समारोह बिहीबार सम्पन्न भयो । कार्यक्रम…
  • खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा, १० माघ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको छैटौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट अध्यक्षमा एम बि आस्था निर्वाचित भएका…

hero news full width