वलत्कारीलाई १२ वर्ष कैद

रासस
असार २४, २०७६
4680_dang-jilla-adalat

लमही, २४ असार । सामूहिक बलात्कारको मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालत दाङले दुई जनालाई १२/१२ वर्षको कैद फैसला गरेको छ ।

न्यायाधीश हेमन्त रावतको इजलासले तुलसीपुर उपमहानगरपालिका–३ का २७ वर्षीय इन्द्रबहादुर थापा र सोही ठाउँका ३१ वर्षीय थम्मन भन्ने गुरुप्रसाद पुनलाई १२÷१२ वर्ष कैद फैसला सुनाएको हो ।

उनीहरुलाई १४ वर्षीया एक बालिकालाई सामूहिक बलात्कार गरेको ठहर गर्दै १२/१२ वर्ष कैद र पीडितलाई दुवैबाट रु ५०/५० हजार क्षतिपूर्ति भराउने फैसला भएको छ । विसं २०७१ असार २३ गते बालिकालाई बलात्कार गरी सोही दिनदेखि दुवै फरार थिए । फरार दुवैलाई विसं २०७५ पुस १८ गते प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width