चिडियाघरमा १९ प्रजातीका ५० जंगली जनावर

आदर्श समाज सम्वाददाता
असार २३, २०७६
WILD CAT

पोखरा,२३ असार । पर्यटकीय रुपमा पोखरा सुन्दर छ, यहाँका जुनसुकै डाँडा र ठाँउबाट हिमाली श्रृंखलाको दृष्याबलोकन गर्न सकिन्छ ।

प्राकृतिक रुपमा मात्र सुन्दर छैन, पोखरा ताल र गुफाको रुपमा पनि धनी छ, पोखरा क्षेत्रमा मात्र नौ वटा ताल छन्, त्यति संख्याको हाराहारीमा गुफा पनि । यिनै चिनारीसँगै बीचमा पोखरामा नयाँ पर्यटकीय गन्तव्यको रुपमा थपिएको छ, पोखरा जुलोजिकल पार्क ।

पोखरेलीहरु जंगली जनाबरको अवलोकन गर्न कि काठमाण्डौंको ललितपुर स्थित जाउलाखेको सदर चिडियाखाना जानु पर्ने कि त चितवन, शुक्लाफाँट र वर्दिया राष्ट्रिय निकुञ्जमा जानुपर्ने वाध्यता थियो ।

कंक्रिटले ढाकिएको पोखरा महानगरमा चिडियाघर स्थापना हुन्छ भनेर पोखरेलीले सोचेका पनि थिएनन,चिडियाखानाको प्रस्ताव अगाडि सारेको क्लबको भनाई पनि केही बर्ष पोखरेलीले पत्यारिलो मानेका थिएनन्, तर चिडियाघर निर्माणको प्रक्रिया भने अगाडि नै वढिसकेको छ ।

अब पोखरेलीले पोखराको वडा नं ३०, ३१ र ३२ मा पर्ने बेगनास र रुपातालबिचको क्षेत्रमा संचालनमा ल्याइने जुलोजिकल पार्कमा जंगली जनावर राख्ने र हेर्ने काम शुरु भएको छ । चिडियाखाना बनाउने उद्देश्य सहित पोखरा युनाइटेड क्लब पोखराले प्रत्येक वर्ष अमरसिंह चौरमा महोत्सव आयोजना गर्दै कुल मुनाफाको २० प्रतिशत रकम जुलोजिकल पार्कलाई छुट्याएउँदै आएको छ ।

पचभैया, चैनपुर र चायापानी चिसाकुना सामुदायिक वनको १.३४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । जुलोजिकल पार्कका व्यवस्थापक विनय अधिकारीका अनुसार जुलोजिकल पार्कमा १९ प्रजातीका ५० भन्दा बढी पशुपंक्षीहरु रहेका छन् । उनका अनुसार हाल पार्कमा रतुवा १४ वटा, नील गाई एउटा , चित्तल एउटा, स्याल एउटा ,वन विरालो २ वटा, हुचिल ४ वटा, चिल २ वटा, गिद्ध २ वटा, अजिङ्गर एउटा, नीर बिरालो ४ वटा, चरीबाघ एउटा, वन बिरालो २ वटा र कछुवा एउटा रहेका छन् ।

जुलोजिकल पार्कमा रहेका ती जनावर केही उद्धार गरिएका हुन् भने केही रौतहट र रुपन्देहीबाट ल्याइएका हुन् । नीर बिरालो, चरीबाघ, वन बिरालो तथा चिलहरु उद्धार गरिएका हुन् । उद्धार पछि उपचार गरेर आफ्नै प्राकृतिक स्थानमा रहन सक्ने जीवलाई छोडिन्छ भने खतरामा रहेकालाई पार्कमै संरक्षण गरेर राखिने गरिएको छ ।

१४ रोपनीको क्षेत्रफलमा मृगको इन्क्लोजर, २ रोपनी क्षेत्रफलमा भालुको लागि इन्क्लोजर र बाँदरको लागि ९ रोपनी क्षेत्रफलमा इन्क्लोजर निर्माणधीन छ । यस्तै चितुवाको लागि भने इनक्लोजर बनिसकेको छ । ढुंगाको छपनी बिछ्याएर बनाइएको फुट ट्रयाक निर्माण सम्पन्न भइसकेको छ । हाल टिकट नलिई पर्यटकबाट सहयोग रकम मात्र लिने गरिएकोमा साउनदेखि भने अवलोकन शुल्क रु ५० लिने जानकारी व्यवस्थापक अधिकारीले बताए ।

विद्यार्थीलाई ५० प्रतिशत छुट दिइनेछ । हाल जुलोजिकल पार्कमा एक जना व्यवस्थापक र २ जना केयर टेकर रहेका छन् । युनाइटेड क्लबका संस्थापक अध्यक्ष एवं पार्कका अध्यक्ष एवं अवधारणाकर्ता हिमालय बख्रेल र तीन सामुदायिक वन क्षेत्रका बासिन्दाको पहलमा बनिरहेको पार्कलाई सरकारले पनि साथ दिएको छ ।

हालैको बजेटमा गण्डकी प्रदेश सरकारले जुलोजिकल पार्क स्थापना गर्न रु ४ करोड र पचभैया वन्यजन्तु उद्धार केन्द्रको लागि रु १ करोड विनियोजन गरेको छ । निजी प्रयासमा शुरुवात गरिएको पोखरा जुलोजिकल पार्कमा प्रदेशले समेत हातेमालो गर्नु सकारात्मक हो ।

बेगनासतालको बसपार्कबाट पोखरा जुलोजिकल पार्कको दूरी ३.५ किमी दूरी रहेको छ । पोखराबाट बेगनासतालको बस चढेर बसपार्क पुगेपछि हिंडेरै अथवा लोकल बसमा पचभैयामा ओेर्लिएर ५०० मिटरको कंक्रिट र कच्चीसडक हिंडेपछि जुलोजिकल पार्क आइपुग्छ । गर्मीको मौसममा कोलाहाल वातावरणलाई छोडेर सुन्दर हरियाली क्षेत्रमा बिदाको दिन जुलोजिकल पार्कमा जनावर हेर्दै रम्न सकिन्छ ।
सुरज हजारे दाहाल

Related News

सम्बन्धित समाचार

hero news full width