कर्मशीलको निशुल्क स्वास्थ्य परीक्षण

आदर्श समाज सम्वाददाता
असार २३, २०७६
blood donetion (1)

पोखरा, २३ असार । कर्मशील वचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना एवम् लायन्स क्लब अफ पोखरा पिस टाउन र शान्ति रुपा बराह थोक तमु समाजको सहयोगमा निशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान सम्पन्न भएको छ ।

पोखरा महानगरपालिका वडा नं ३२ खोलाको छेउमा आयोजित स्वास्थ्य परीक्षणमा दुई सय ४२ जनाको स्वास्थ्य परीक्षण गरियो भने ३४ जना रक्तदाताले रक्तदान गरेका थिए ।
रक्तदान कार्यक्रको संघीय सांसद खगराज अधिकारीले लायन्स क्लब अफ पोखरा पिस टाउनका अध्यक्ष गीता कार्कीलाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गरेका हुन् ।

कार्यक्रममा सांसद अधिकारीले सहकारीले रक्तदान एवम् स्वास्थ्य परीक्षण गरी सामाजिक उत्तरदायित्व बहन गरेको बताए ।सहकारीका सञ्चालक सदस्य गोविन्द गौतमका अनुसार मनिपाल अस्पतालका फिजिसियन डा. लेखनाथ लम्साल नेतृत्वको सात सदस्यीय चिकित्सक टोलीले विरामीको स्वास्थ्य परीक्षण गरेको हो ।

स्वास्थ्य परीक्षणमा स्वस्तिक रिफरल ल्याबले स्वास्थ्य परीक्षणका उपकरण एवम् प्राविधिक सहयोग उपलब्ध गराएको उनले बताए । कार्यक्रममा शान्ति रुपा बराह थोक तमु समाजका अध्यक्ष तुलबहादुर गुरुङ, सरिता केसी, तीर्थ गुरुङ, चन्द्र गुरुङ लगायतले विशेष सहयोगी भूमिका निर्वाह गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width