सेतीमा हाम फालेका घर्ती बेपत्ता

आदर्श समाज सम्वाददाता
असार २२, २०७६
seti-nadi-river-in-nepal-CRTT8M

पोखरा, २२ असार । कास्की माछापुच्छे« गाउँपालिका –१ भुर्जुङखोला निवासी ३८ बर्षीय राजकुमार घर्ती आइतवार दिउसो सेती नदीमा हाम फालेर बेपत्ता भएका छन् ।

घर्तीले घर नजिकैको सेती नदीमा हाम फालेर बेपत्ता भएको कास्की प्रहरीले जानकारी दिएको छ । उनको खोजीकार्यलाई प्रहरीले तीव्र पारेको जनाएको छ ।
त्यस्तै कास्की पोखरा महानगरपालिका– २६ विजयपुरमा आइतवार दिउसो वसको ठक्करबाट एक पैदलयात्री गम्भीर घाइते भएका छन् ।

पोखराबाट काठमाण्डौतर्फ जादै गरेको ग.१ख. ७७१९ नं को वसले सडक काटिरहेका अवस्थामा पोखरा–२६ निवासी ७५ बर्षीय लोकमान भट्टराईलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएको हुन् । उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा ल्याइएको कास्की प्रहरीले जानकारी दिएको छ । वस र चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width