१९० जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

आदर्श समाज सम्वाददाता
असार २२, २०७६
photo jesto nagare

पोखरा, २२ असार । जेष्ठ नागरिक मिलन केन्द्र रामबजारले स्थापना दिवसको अवसरमा एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।

पोखरा महानगरपालिका वडा नं–१० का वडा सदस्य सम्मरबहादुर श्रेष्ठले १०१ बर्षीया क्या.कुलबहादुर गुरुङलाई प्रपेप्सन कार्ड हस्तान्तरण गरी शिविरको उद्घाटन गरेका हुन् ।
वडाका जेष्ठ नागरिकको आँखामा समस्या भएमा नेपाल रेडक्रस सोसाइटी पोखरा–१० उपशाखाबाट निशुल्क उपचार गर्ने प्रतिवद्धता श्रेष्ठले व्यक्त गरेका छन् । निशुल्क स्वास्थ्य उपचार शिविरमा जनरल फिजिसियन डा. नारायण ओझाले रामबजार जेष्ठ नागरिक मिलन केन्द्र लगायतका एक सय ९० जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको थियो ।

उक्त शिविरमा नरहरि पोलिक्लिनिक रामबजारले निशुल्क परीक्षण, अन्य ल्याब परीक्षणमा रु ५०५ छुट र औषधि खरिदमा रु १०५ छुट को ब्यबस्थापन गरिएको थियो । शिविरमा जयराम आचार्य, बिन्दु पनेरु, हेमा पुन र सन्देश केसीले परीक्षणमा सहयोगी भूमिका खेलेका थिए ।

उक्त शिविरमा राम मन्दिर संचालक समिति, राम मन्दिर माछापुच्छ्रे महिला समूह, कालिका मन्दिर परिसर महिला समूह एवं भिमसेन मार्ग आमा समूहका पदाधिकारीले बिशेष सहयोग गरेका थिए । जेष्ठ नागरिक मिलन केन्द्र रामबजार सदस्य माया गुरुङ भूजेलले स्वागत गरेको उक्त शिविरमा केन्द्र रामबजारका अध्यक्ष क्या. थमानसिंह थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width