विक्रम सम्बत्को नयाँ वर्ष चैत महिनादेखि आरम्भ गर्नुपर्ने प्रस्तावमाथि छलफल गोष्ठी शनिवार पोखरामा आरम्भ भएको छ।
पर्व समय सुधार राष्ट्रिय समाज नेपाल र नेपाल निवृत्त शिक्षक समाजको सहकार्यमा आयोजित पर्व समय सुधारसम्बन्धी विचार गोष्ठीमा प्रमुख अतिथि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले समयको परिवर्तनलाई आत्मसात गर्दै प्रस्तावित पञ्चाङगमा परिवर्तन गर्नुपर्ने खगोल विज्ञानमा आधारित छलफलले सार्थक निष्कर्ष फेला पार्ने विश्वास व्यक्त गरेका छन्।
पर्व समय सुधार राष्ट्रिय समाज नेपालका अध्यक्ष कृष्णप्रसाद न्यौपानेको अध्यक्षतामा सञ्चालित गोष्ठीमा विक्रम सम्बत्का आधारमा परम्परादेखि चलिआएका प्रमुख चाडपर्वहरु सही मुहूर्तमा सम्पन्न गर्नुपर्ने हुँदा अहिले प्रचलित पञ्चाङ्गमा खगोलीय गणना अनुसार लगभग २४ दिनको अन्तर आइसकेको देखिन्छ। तदनुसार अब वर्षको प्रथम दिन वैशाख १ गते होइन चैत्र १ गतेबाट आरम्भ गर्नुपर्ने तथ्यमाथि प्रकाश परिएको थियो।
कार्यक्रममा कृष्ण पोखरेल, जयन्त आचार्य, केशरगोविन्द जोशी, हिरालाल अधिकारी, कीर्तिमदन जोशी लगायतले अलग अलग विधामा आ–आफ्ना कार्यपत्र प्रस्तुत गरेका थिए। वक्तृत्वकला प्रशिक्षण अभियन्ता सुशीला नेपालद्वारा सञ्चालित कार्यक्रममा नेपाल निवृत्त शिक्षक समाजका केन्द्रीय अध्यक्ष चूडामणि शर्मा कट्टेलले स्वागत भाषण तथा पर्व विशेषज्ञ हरिनारायण मल्लले कार्यक्रम माथि प्रकाश पारेका थिए ।
कार्यक्रममा पर्व समय सुधार राष्ट्रिय समाजका महासचिव कनकविक्रम जोशी, श्यामजी सेढाई, तोयनाथ लामिछाने, ध्रुव अर्याल, काजीमान श्रेष्ठ, इन्दिरा जोशी, रवीन्द्र माकाजु लगायत वक्ताले श्भकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम २ दिनसम्म चल्नेछ।
Related News
सम्बन्धित समाचार
मानव मिलन संस्था लेखनाथमा प्रेम बराल
पाल्पाली समाज पोखराको शुभकामना आदानप्रदान
पाहार ट्रष्ट नेपालको १२ औं वार्षिक साधारणसभा
क्षतिग्रस्त पुल र सडक निर्माणमा २५ अर्ब लाग्ने
सर्वोच्चले भन्यो–जोशीलाई हिरासतमुक्त गर्न सकिने
hero news full width
मुख्य समाचार
पोखरा महानगरद्वारा खाद्य पसलमा अनुगमन
मनाङमा पर्यटक चहलपहल बढ्यो
असाेज १८, २०८१जिप दुर्घटनामा ७ जना घाइते
असाेज १८, २०८१बाढीपहिरो प्रभावितलाई गण्डकी सरकारको ५० लाख
असाेज १७, २०८१विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु, नवदुर्गाले खिच्यो ध्यान
असाेज १७, २०८१गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो
असाेज १७, २०८१