सफल सहकारीको प्रशिक्षण

रासस
असार २२, २०७६
RSS news_Fotor

अन्तराष्ट्रिय सहकारी दिवस अवसरमा सफल बचत तथा ऋण सहकारी संस्था लि.पोखरा ७ ले क्षमता अभिवृद्धि तालिम आयोजना गरेको छ।

पोखरा महानगरपालिका सहकारी व्यवस्थापन समिति अध्यक्ष तेजनारायण अधिकारीले तालिम उद्घाटन गर्दै महानगरले सहकारीलाई उत्पादनसँग जोड्ने अभियान सञ्चालन गर्न लागेको जानकारी दिए।

सहकारीलाई मापदण्ड एवम् कार्यविधि बनाएर व्यवस्थित गरिने तयारी भइरहेको बताउँदै उनले एक सहकारी एक व्यक्ति तथा पाँच हजार शेयर सदस्य बराबर एक सहकारीको नीतिलाई कार्यान्वयन गरिने उल्लेख गरे। पोखरा महानगरभित्र ३ सय ४३ सहकारी संस्था दर्ता भई सञ्चालनमा रहेको बताउँदै अध्यक्ष अधिकारीले “एक सहकारी एक उत्पादन” कार्यक्रमलाई प्रभावकारी बनाइने जानकारी दिए। महानगर सहकारी व्यवस्थापन समितिका सदस्य एवम् प्रशिक्षक भिम गुरुङले सामुहिक अभियान रुपमा रहेको सहकारीलाई व्यवस्थित तथा आर्थिक पारदर्शिताका लागि प्रत्येक शेयर सदस्यको सक्रिय सहभागिता हुनुपर्नेमा जोड दिए।

तालिममा सहकारीका संचालक समिति, सल्लाहकार, शिक्षा र महिला उपसमिति र तथा लेखा समितिका पदाधिकारी एवम् सदस्यको सहभागिता थियो।

संस्थाले यसअघि संस्थागत सामाजिक उत्तरदायित्वतर्फ पोखरा १७ छोरेपाटनमा सञ्चालित मानव सेवा आश्रममा आश्रित असहाय एवम् मनोरोगीहरुलाई एक छाक खाना बराबरको १७ हजार ५ सय रुपैयाँ सहयोग गरेको थियो। संस्थाका अध्यक्ष हरिप्रसाद बास्तोलाका अनुसार ३ सय ३४ शेयर सदस्य रहेको सो संस्थाले हाल ५ करोडभन्दा बढीको कारोबार गर्दै आएको जानकारी दिए।

सचिव धनबहादुर रानाभाटले सञ्चालन गरेको कार्यक्रममा शिक्षा उपसमितिका संयोजक गणेश श्रेष्ठले स्वागत र कोषाध्यक्ष पवित्रा जिसीले सहकारीका ७ सिद्धान्त पाठ गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width