विद्यार्थीलाई छात्रवृत्ति प्रदान

रासस
असार २२, २०७६
madi-public-hearing

कास्की, २२ असार । कास्कीको मादी गाउँपालिकाले उच्च शिक्षा हासिल गर्नका लागि विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । त्यसैगरी विभिन्न माध्यमबाट गाउँपालिकाको विकास तथा इज्जत राख्न सफल भई देशकै प्रतिष्ठा राख्ने सङ्घसंस्था तथा व्यक्तिलाई पनि नगदसहित पुरस्कृत गरेको छ ।

गाउँपालिकाले शनिबार पाँचाैँ गाउँसभाबाट पारित बजेट सार्वजनिकीकरण तथा पुरस्कार वितरण समारोहको आयोजना गरी ‘मादी उच्च शिक्षा’ छात्रवृत्तिअन्तर्गत गाउँपालिकाका सामुदायिक विद्यालयबाट एसइई परीक्षा उत्तीर्ण गरेर हाल विभिन्न कलेजमा इञ्जिनीयरिङ विषय अध्ययन गरिरहेका छ विद्यार्थीलाई जनही रु दुई लाखका दरले छात्रवृत्ति प्रदान गरेको हो ।
मादी–१० का सचिन अधिकारी, सुमन पौडेल, अमृत गुरुङ, हिमाल गौतम, सञ्जय सुवेदी र मादी–४ का मनिषा सापकोटालाई नगद, सम्मानपत्र तथा दोसल्लाबाट गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेशसभा सदस्यद्धय मनबहादुर गुरुङ, गायत्री गुरुङ तथा जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारीले सम्मान गरे ।

त्यसैगरी गाउँपालिकामा जन्म भई राष्ट्रका लागि योगदान पुर्याउने संस्कृतिविद् एवं नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा डा जगमान गुरुङ र सन् २०१८ को एशियन गेममा प्याराग्लाइडिङमा रजत पदक विजेता युकेश गुरुङलाई ‘मादी जन्मभूमि पुरस्कार’ जनही रु ५० हजार, सम्मानपत्र तथा दोसल्लाबाट पुरस्कृत गरियो ।

त्यसैगरी आधारभूत तहको अन्तिम परीक्षा कक्षा ८ र एसइई २०७५ मा औसत सिकाइ उपलब्धिका आधारमा उत्कृष्ट विद्यालयलाई पनि कार्यक्रममा पुरस्कृत गरिएको छ । धनुबास कालिका माध्यमिक विद्यालय मादी–७ लाई रु दुई लाख तथा जनमन्दिर आधारभूत विद्यालय मादी–१० लाई रु ५० हजारसहित सम्मान गरिएको गाउँपालिका प्रमुख बेदबहादुर गुरुङले बताए ।

गाउँपालिकाले कृषि तथा पशुपालक कृषकलाई पनि पुरस्कृत गरेको छ । मादी–६ का कृषक योगराज बराल, मादी–५ का लीलबहादुर गुरुङ तथा मादी–१ का भेँडीगोठ व्यवसायी लीलबहादुर गुरुङ, खड्गसिंह गुरुङ तथा मौतसिंह गुरुङ सम्मानित भएका छन् । पत्रकार रोशनी गुरुङ, साहित्यकार तीर्थराज सुवेदी र कलाकार तोलबहादुर गुरुङलाई पनि गाउँपालिकाले पुरस्कृत गर्याे ।

त्यसैगरी कक्षा ८ को गाउँपालिकास्तरीय परीक्षामा उत्कृष्ट हुने विद्यार्थी, एसइई २०७५ मा उत्कृष्ट छात्र/छात्रा, विषयगततर्फ उत्कृष्ट सिकाइ उपलब्धि हासिल गर्ने शिक्षक, वडा कार्यालय भवन निर्माणमा जमीन प्रदान गर्ने जग्गादाता, निर्माण व्यवसायी, उपभोक्ता समिति, टोल विकास संस्था, घरबास, पर्यटन व्यवसायी, आमा समूह, महिला स्वास्थ्य स्वयंसेविका तथा कर्मचारीलाई पनि नगदसहित पुरस्कार प्रदान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…
  • कन्या क्याम्पसमा प्राध्यापकको बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कन्या क्याम्पस पोखरा र प्राध्यापक संघको संयुक्त आयोजनामा प्राडा नरहरि उपाध्याय गौतम, सहप्राध्यापक घनबहादुर थापा र उपप्राध्यापक राजेन्द्रबहादुर…
  • पोखरा बहुमुखी क्याम्पसको क्यालेन्डर विमोचन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा बहुमुखी क्याम्पसमा अध्ययनरत विभिन्न तह र संकायका विद्यार्थीलार्ई निशुल्क कम्प्युटर तालिम प्रदान गरिएको छ । विद्यार्थीलाई पाठ्यक्रमसँगै…
  • पोखरामा गणित समाजको कार्यशाला

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । नेपाल गणित समाजको आयोजनामा नेपाल गणित समाज गण्डकी प्रदेशको स्थानीय व्यवस्थापनमा आयोजित कार्यशाला गोष्ठी आइतबार पोखरामा सम्पन्न भएको…
  • लेकसिटी कलेजमा स्वागत र बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरमा पहिलो वर्षमा भर्ना भएका र अन्तिम वर्षमा पढिरहेका विद्यार्थीलाई स्वागत तथा बिदाइ गरिएको…

hero news full width