स्याबास् सुरेश ! जसले भेटाएको सुनको रानीहार बुझाए

आदर्श समाज सम्वाददाता
असार २२, २०७६
taxi_Fotor

मानिस स्वभावैले लोभी हुन्छ। केही पाउँदा वा भेट्टाउँदा खुसी हुने धेरैको स्वभाव हुन्छ। तर थोरैमात्र हुन्छन्, जो कसैले हराएको केही पाउँदा खुसी हुँदैनन्। सम्बन्धितलाई फिर्ता गर्न पाएका हुन्थ्यो भन्छन्। त्यस्तैमध्येमा एक हुन्–पोखराका ट्याक्सी चालक सुरेश नेपाली।

पोखरा भद्रकाली शाखामा आवद्व रहेर संचालन हुँदै आएको उनको ग१ज ३५७१ नं.को ट्याक्सीमा विहीवार राति कसैले सुनको ५ तोलाको रानीहार छोड्यो।

भोलिपल्ट साँझ ट्याक्सी सफा गर्नेक्रममा सिटमा च्यापिएको अवस्थामा उनले सो रानीहार भेट्टाए। सक्कली वा नक्कली ठम्याउन सकेनन् । श्रीमतीलाई सोध्ने निर्णय लिँदै यात्रु बोकेर फेरि काहुँ र लेकसाइडतर्फ हुइँकिए।

‘राति घर पुगेर श्रीमतीलाई देखाएपछि रानीहार सुनकै भन्ने टुंगो लाग्यो, ’ सुरेशले भने, ‘त्यसपछि यसबारे चालकहरुलाई जानकारी दिँदै कसैले खोजे सम्पर्क गरीदिन आग्रह गर्न थालें। ’

गण्डकी ट्याक्सी व्यवसाय पब्लिक लि.का कार्यकारी प्रमुख पूर्ण जिसीलाई उनले शुक्रवार राति नै घटनाबारे जानकारी दिए। दुवैको सल्लाह भयो, शनिवार बिहान रानीहार लिएर जिल्ला प्रहरी कार्यालय कास्की जाने।

संयोग नै मान्नुपर्छ। रानीहार भेट्टिएको विषय चालकबीच चल्न थालेपछि हराउने परिवारका सदस्यले पनि थाहा पाए। पाउने र हराउने परिवारको प्रहरी कार्यालयमै शनिवार बिहान भेट भयो। सो रानीहार पोखरा–८, सिमलचौर निवासी अर्जुन शर्माकी श्रीमती सुरक्षाको थियो।

प्रहरी नायव उपरीक्षक राजकुमार केसीको रोहवरमा सुरेशले सो रानीहार अर्जुन शर्मालाई बुझाए। शर्मा रिजनल हस्पिटलका मेनेजर पनि हुन्। हराएको रानीहार एक्कासी पाउँदा शर्मा खुसी भए। अनी उनले सुरेशको इमान्दारिताको कदर गर्दै केही नगद र खादा लगाएर सम्मान गरे।

तीन लाख मूल्य बढीको गहना हराएपछि शर्माले पनि त्यसको खोजी नगर्ने कुरै भएन। ‘मैले पनि खोजिको प्रयास गरिरहेको थिएँ तर यत्ति सजिलै पाइएला भन्ने लागेको थिएन, ’ उनले भने, ‘उनले (सुरेशले) उदाहणीय काम गरेका छन्, चालकको इमान्दारिताबाट सबैले सिक्नुपर्छ। ’

विहीवार राति शर्मा दम्पत्तिसहित २ बालबच्चा र बुबा डिल्लीप्रसाद शर्माले सृजनाचोकको रवि महलदेखि सिमलचौर पुग्न सो ट्याक्सी प्रयोग गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…
  • छोरेपाटन भूपू विद्यार्थीबीच शुभकामना

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । छोरेपाटन मावि भूतपूर्व विद्यार्थी मञ्चले नयाँ वर्षको अवसर पारेर शुभकामना आदानप्रदान गरेको छ । छोरेपाटन मावि विद्यालय व्यवस्थापन…

hero news full width