अटिजम केयर नेपाललाई सहयोग

Avatar आदर्श समाज सम्वाददाता
असार २२, २०७६

पोखरा महानगरपालिका–३, वडा कार्यालयले अटिजम केयर नेपाल सोसाइटीलाई शनिवार फर्निचरका सामग्री हस्तान्तरण गरेको

वडा कार्यालयले करिब ३० हजार मूल्य बराबरको दराज, कुर्ची टेबुल लगायत फर्निचर सामग्री प्रदान गरेको हो

प्रमुख अतिथि वडाध्यक्ष रवीन्सन प्रजुलगायतले अटिजम केयर नेपाल सोसाइटी कास्कीका अध्यक्ष राजेन्द्रमान उदासलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन्

प्रजुले वडाभित्र रहेको फरक क्षमता भएका तर समाजमा पछाडि परेका व्यक्तिहरुलाई वडाले सहयोग गर्ने प्रतिबद्धता जनाएउनले यस्ता वर्गहरुका लागि प्रदेशमै एउटा विद्यालयको खाँचो रहेको औल्याएपोखरामा पनि यसप्रकारको विद्यालय संचालनका लागि आफूले महानगरका मेयरसामु प्रस्ताव राख्ने बताए

अटिजम केयर नेपाल सोसाइटी, पोखरा–८ आयोजना गरेको कार्यक्रममा डा लता पराजुली, डा भीष्म लामिछाने, डा धर्म खड्का, सामाजिक अभियन्ता रमेश श्रेष्ठ, विदेशी नागरिक ट्रिस लिन हुइजियन, संस्थाका उपाध्यक्ष होमनाथ शर्मा लगायतलाई सम्मान गरिएको थियो

संस्थाका अध्यक्ष राजेन्द्रमान उदासको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष मुकुन्द लम्सालले स्वागत रमेश लिगलले कार्यक्रम संचालन गरेका थिए

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

रेडक्रसको रक्तदान

पाल्पाली समाजको सामूहिक टीका

हेमजा बचतको १४ औं साधारणसभा

सहारा क्लब अष्ट्रेलियाबाट सहयोग

प्रमुख समाचार

मन्त्रिपरिषद् हेरफेर हुँदै