पुराना चलचित्रको नोस्टालजिया ‘आप्पा’

Suraj Hazare Dahal
असार २१, २०७६
APPA PHOTO

नेपाली चलचित्रको इतिहास खोतल्ने हो भने मेची पारीको दार्जिलिङ र सिक्किमको ठूलो देन रहेको छ । नेपालमा न्यून संख्यामा चलचित्र बनिरहेको समयमा भारतको सिक्किममा नेपाली भाषी चलचित्र कुसुमे रुमाल तथा लाहुरे निर्माण भएका थिए । नेपाली रजटपटमा सुपर हिट भएका ति चलचित्रहरुको दृश्यलाई सम्झाउने गरि  ‘आप्पा’ रिलिज भयो । संयोग त के रह्यो भने लाहुरे तथा कुसुमे रुमाललाई निर्देशन गरेका चर्चित निर्देशक तुलसी घिमिरे ‘आप्पा’मा कलाकारको रुपमा प्रस्तुत भए । तुलसी घिमिरे नेपाल छिरेपछि भारतबाट नेपाली भाषामा चलचित्र बन्न लगभग छोडिसकेको थियो । सिक्किममा ३४ वर्ष अगाडि बनेको कुसुमे रुमाल र  ३० वर्ष अगाडि बनेको लाहुरे पछि सोहि ठाउँबाट आप्पा चलचित निर्माण भएको हो ।

आप्पामा नेपालका कलाकार र मेची पारीका नेपाली भाषी भारतीय कलाकारको संयुक्त प्रस्तुती रहेको छ । राजनीतिले दुई देश भनेर छुट्याए पनि कलाले भने यो र त्यो देश पक्कै भन्दैन । बाबु र छोराको कथा बोकेको आप्पामा नेपालबाट दयाहाङ राई, अरुणा कार्की मुख्य कलाकार छन् भने भारतबाट सिद्धार्थ तामाङ र अलोना लेप्चाको शिर्ष भूमिका रहेको छ । रुदेन लेप्चाले निमार्ण गरेको यस चलचित्रलाई अनमोल गुरुङले निर्देशन गरेका हुन् । शैलेन्द्र कार्कीले चलाएको क्यामराले चलचित्रलाई सुन्दर बनाएको छ । इलामको सबैभन्दा उच्च क्षेत्रमा पर्ने सन्दकपुर क्षेत्रको सुन्दर भूगोल तथा दार्जिलिङको सौन्दर्यलाई टपक्क टिपेर शैलेन्द्रले दर्शकाको आँखामा सजाउन सफल भएका छन् । लोभलाग्दो दृश्य कैद गरिएको ‘हावा’ सरर गीत मनमुग्ध छ । उमेश थापाले सिर्जना गरेको उक्त गीतलाई थुप्देन भुटिया र स्नेहाश्रीले गाएका छन् ।

बाबु छोराको प्रेममा आधारित आप्पामा दयाहाङ राई बाबुको भूमिकामा छन् भने सिद्धार्थ तामाङ छोराको भूमिकामा छन् । जिप ड्राइभर तथा गाइडको रुपमा काम गर्ने आप्पा अर्थात दयाहाङले पर्यटकहरुलाई सन्दकपुर घुमाउने पेशा अंगालेका हुन्छन् । एकपटक  बंगाली पर्यटकलाई सन्दपुर घुमाउन लैजान क्रममा जीप भिरबाट खस्दा बंगालीको सानो छोरा र आप्पा बाहेक सबैको मृत्यु हुन्छ । त्यसपछि धर्म छोरा बनाएर सिदार्थलाई आप्पाले पाल्छ । चलचित्र आधा भागामा यो कथा समावेश गरिएपछि दोस्रो भागमा भने सिद्धार्थ होस्टलमा हुर्किएर ठूलो हुन्छ र आप्पा भेट्न आउँदा उसले आफु टुहुरो भएकामो उसलाई दोष दिन्छ । आफुले मनपराएकी युवती अलोनाले उसलाई स्विकार नगरेपछि सिद्धार्थले आत्महत्या गर्न खोज्छ र आप्पाले उसलाई बचाउन बोकेर अस्पतालतर्फ दौडिन्छ तर दुबैलाई गाडी ठक्कर दिन्छ । अस्पतालमा होषमा आउँदा सिद्धार्थले आप्पालाई गुमइासकेको हुन्छ । चलचित्रका अन्तिम ५ मिनेटका दृश्यले दर्शकलाई भावहिल बनाउँछ ।

समग्रमा आप्पा औषत चलचित्र हो । सिनेम्याटोग्राफी र गीत अब्बल भएता पनि पहिलो र दास्रो हाफलाई बुन्ने तरिकामा निर्देशक चुकेका छन् । चलचित्रको दृश्यहरुले दर्शकहरुलाई मोहित पार्छ । पछिल्ला नेपाली चलचित्रहरुमामा मुस्ताङको दृश्य मात्र हेरेर दिक्क भएका दर्शकलाई आप्पाले सन्दकपुरको नयाँ दृश्य दिएको छ र यो घुम्ने नयाँ गन्तव्य बन्न सक्छ ।

Related News

सम्बन्धित समाचार

  • मिस नेपालको पोखरा अडिसन आज

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । मिस नेपालको पोखरा अडिसन मंगलबारदेखि सुरु हुने भएको छ । द हिडन ट्रेजरले हरेक वर्ष आयोजना गर्दै आएको…
  • वेद विद्याश्रममा छन्दोबद्ध कविता प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । पोखरा चिसाखोला वेद विद्याश्रमले रजत महोत्सव सन्दर्भमा प्रदेशव्यापी खुला छन्दोबद्ध कविता प्रतियोगिता भएको छ । प्रतियोगितामा संगम बस्याल…
  • मदरल्याण्डका शाश्वत निबन्धमा प्रथम

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०८०
    पोखरा । को–अपरेटिभ प्रेसिडेन्ट सोसाइटी (कोप्स सेन्टर) आयोजनामा भएको निबन्ध प्रतियोगितामा मदरल्याण्ड माविका छात्र शाश्वत रेग्मी प्रथम भएका छन् ।…
  • सरसफाइ विज्ञ भूमिको पुस्तक विमोचन   

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०८०
    दमौली ।  सरसफाइ विज्ञ नमस्तेलाल भूमिबारेमा लिखित ‘नमस्तेलाल देशभित्र, देशबाहिर’ पुस्तकको आज विमोचन गरिएको छ । तनहुँको बन्दीपुर गाउँपालिका निवासी…
  • ठूलाकोटमा अक्षरयात्राको २०९ औं शृंखला

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०८०
    पोखरा । गजल सन्ध्या र नवनीत साहित्य सागर आयोजनामा सञ्चालन हुँदै आएको अक्षरयात्राको २०९ औं शृंखला पोखरा २८ ठूलाकोटमा सम्पन्न…

hero news full width