दुई भारतीय महिलाको मृत्यु

रासस
असार २१, २०७६
46e44da151a10c81ebdd33415a743676_Fotor

कञ्चनपुर, २१ असार । बेलौरी नगरपालिका–१० मा शुक्रबार साँझ स्कुटर दुर्घटनामापरी दुई भारतीय महिलाको मृत्यु भएको छ ।

बेलौरीको शिवनगरमा रहेका माइती भेट्न आएका भारतको उत्तरप्रदेशको पिलिभित जिल्ला ग्राम कम्पोजनरका २५ वर्षीया मनिषा हमाल र २३ वर्षीया पलविन्दर चौधरीको युपि २६ एए ६५३८ नं को स्कुटी कल्भर्टमा ठोक्किँदा मृत्यु भएको प्रहरीचौकी भुडाका प्रहरी सहायक निरीक्षक डम्बरसिंह कार्कीले बताए ।

दुवै जना माइतीलाई भेट्न आउने क्रममा स्कुटी असुन्तुलन भई कल्र्भटमा ठोक्किँदा गम्भीर घाइते भएपछि तत्कालै एम्बुलेन्समार्फत अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको उनले बताए ।मृतक दुवै जनाको शव आज परिवारको जिम्मा लगाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width