फिल्म ‘सरौतो’ को पहिलो गीत ‘कुले दाई’ सार्वजनिक

आदर्श समाज सम्वाददाता
असार २१, २०७६
Kule Dai Songs of SARAUTO

पोखरा । फिल्म ‘सरौतो’ पहिलो गीत ‘कुले दाई’ सार्वजनिक गरिएको छ ।

२२ कार्तिक प्रदर्शन मिति तय गरेको फिल्मको २२ सार्वजनिक गीतमा राजनराजा सिवाकोटीको संगीत रहेको छ ।

लोकशैलीको गीतमा शब्द र स्वर पनि राजनराजाकै रहेको छ । गायनमा राजनलाई मिलन नेवारले साथ दिएकी छिन् । गीतमा अभिनेत्री सुमी मोक्तान र अभिनेता सन्नी सिंह देखिएका छन् । सुमी र सन्नी बेहुला तथा बेहुलीको साथीको रुपमा देखिएका थिए । निलिशा शाक्यको कोरियोगफी गीतमा रहेको छ । गीतमा बेहुला र बेहुलीको रुपमा क्रमशः पराकर्म पीजेबी राणा र सम्पदा दाहाल छन् ।

बिराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ फिल्मस् एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्मलाई रिभेन्ज स्टोरी भनिएको छ ।

फिल्ममा सुमी र सन्नीसँगै विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवाङ्म शाह, लियो ट्यांक, मनिषा पुन मगर, प्रतिक दुलाल, राजेश रोय, मनोज तामाङलगायतको अभिनय रहेको छ ।

फिल्ममा राघवकृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायांकन, निमेष श्रेष्ठको सम्पादन र शंकर महर्जनको एक्सन रहेको छ । राजेश रोय क्रिएटिभ निर्देशक रहेको फिल्मलाई उपत्यकामा गोपालकाजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width