संकटाले पहिलो जित निकाल्यो

ललित स्मृति यु–१८ च्याम्पियनसीप

आदर्श समाज सम्वाददाता
असार २१, २०७६

पोखरा । संकटा क्लबले राजधानीमा जारी ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबलमा पहिलो जित निकालेको छ ।

शुक्रबार भएको खेलमा च्यासल युथ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै संकटाले पहिलो जित हात पारेको हो ।

सातदोबाटोस्थित एन्फा कम्पलेक्समा संकटालाई जित दिलाउन विशाल शाही, अबिम शाही र राकेश गुरुङले एक/एक गोल गरे । च्यासलका धिरज मगरले एक गोल फर्काए ।

जितसँगै समूह ‘ए’ को संकटाले ३ खेलबाट ४ अंक जोडेको छ । यसअघि, पहिलो खेलमा संकटाले मछिन्द्र क्लबसँग ४–० को हार व्यहोर्दा एनआरटीसँग १–१ गोलको बराबरी खलेको थियो ।

च्यासलको यो दोस्रो हार हो । च्यासलले ३ खेलबाट १ अंक जोडेको छ । यस समूहमा मछिन्द्रको २ खेलबाट ३ अंक रहेको छ । यस्तै, एनआरटी र हिमालयन शेर्पाको २ खेलबाट ४ अंक रहेको छ । यस समूहबाट तीन टिम क्वाटरफाइनलमा पुग्ने छन् ।

एन्फाका पूर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने प्रतियोगितामा ‘ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।

लिग कम नक आउटका आधारमा सञ्चालन गरिएको प्रतियोगितामा सहभागी टिमलाई तीन समूहमा विभाजन गरिएको छ । समूह चरणका विजेता र उपविजेता सहित उत्कृष्ट २ टिमले नकआउट चरणमा स्थान बनाउनेछन् । प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।

Related News

सम्बन्धित समाचार

  • पर्वतीय दौडमा निरोज च्याम्पियन

    आदर्श समाज सम्वाददाता असाेज १३, २०८१
    पोखरा । प्रथम पर्वतीय दौड प्रतियोगितामा एपिएफ क्लब निरोज भट्ट क्षत्री च्याम्पियन बनेका छन् । पोखरा २२, पुम्दीभुम्दीको खेल पर्यटन…
  • भूतपूर्व खेलाडी मञ्चमा दिलबहादुर

    आदर्श समाज सम्वाददाता असाेज १२, २०८१
    पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्च अध्यक्षमा दिलबहादुर गुरुङ निर्वाचित भएका छन् । शनिबार १३ औं वार्षिक साधारण सभा तथा…
  • क्यानको पोखरामा वार्षिक साधारणसभा

    आदर्श समाज सम्वाददाता असाेज १२, २०८१
    पोेखरा । नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारणसभा शुक्रबार पोखरामा उद्घाटन भएको छ । लेकसाइडको माउण्ट कैलाश रिसोर्टमा भएको…
  • नदीपुरमा क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता असाेज १०, २०८१
    पोखरा । पोखरा भलिबल प्रशिक्षण केन्द्र र ए फोर ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसद्वारा नदीपुर छन्त्याल समाजघरमा जारी आठौं क्लबस्तरीय…
  • प्रथम पर्वतीय दौडमा १०४ धावक

    आदर्श समाज सम्वाददाता असाेज १०, २०८१
    पोखरा, १० असोज । पोखराको पुम्दीभुम्दीमा शनिबार हुने प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१ मा १०४ जना धावकले भाग लिने भएका छन् ।…

hero news full width