५८ प्रतिशत गर्भपतन गैरकानूनी

आदर्श समाज सम्वाददाता
असार २१, २०७६
health

पोखरा, २१ असार । बार्षिक तीन लाख २३ हजारले गर्भपतन गर्ने गरेकोमा ५८ प्रतिशत गर्भपतन गैरकानूनी हुने गरेको छ ।

सोसाईटी अफ हेल्थ केयर जर्नालिष्ट नेपालद्वारा शुक्रवार यहाँ आयोजित स्वास्थ्य र सुरक्षित गर्भपतन संचारकर्मी र सरोकारवालाबीच अन्तरक्रियामा कार्यक्रममा त्यस्तो तथ्याङ्क दिइएको हो । किशोराअवस्थामा असुरक्षित गर्भपतन गर्नेको प्रतिशत झनै डरलाग्दो छ । किशोराअवस्थामा हुने गैरकानूनी गर्भपतन ७२ प्रतिशत रहेको तथ्याङकले देखाएको छ ।

बिशेष परिस्थिति वाहेक कानून त १२ हप्ता भन्दा वढी समयको गर्भपतन गर्न मिल्दैन, त्यो सरकारी मान्यता पाप्त स्वास्थ्य संस्थामा गएर गर्भपतन गर्नुपर्ने हुन्छ तर अधिकाशं मान्यताप्राप्त स्वास्थ्य संस्थामा नभई क्लिनिकमा जाने गरेको पाइएको छ ।

उक्त अवसरमा बोल्दै मेरी स्टोप्स्का निर्देशक सत्यजीत प्रधानले तालिम प्राप्त स्वास्थ्यकर्मी र मान्यता प्राप्त स्वास्थ्य संस्थामा पुगेर सुरक्षित गर्भपतन गर्न सुझाव दिए।
स्त्रीरोग बिशेषज्ञ डा. गिरिधारी शर्माले असुरक्षित गर्भपतनले महिलाको ज्यानै जान सक्ने भएकाले सम्वन्धित चिकित्सकसँग परामर्श लिएर सुरक्षित स्थानमा गर्भपतन गर्नुपर्नेमा जोड दिए ।
आईपास नेपालका माधवी बज्राचार्यले सुरक्षित गर्भपतनका लागि गाउँसम्म जनचेतना फैलाउन जरुरी भएको बताइन् । उक्त अवसरमा पत्रकार अतुल मिश्रले नेपालमा स्वास्थ्य क्षेत्रमा छुट्याइएको बजेट न्यून भएको र स्वासथ्य सम्वन्धी समाचारलाई प्राथामिकतामा राख्न समेत आग्रह गरे ।

पत्रकार भरत कोइरालाले स्वास्थ्य क्षेत्रका समाचार कम प्राथामिकतामा पर्ने गरेकाले मोफसलबाट पनि स्वास्थ्यका समाचारलाई प्राथामिकता दिनु पर्नेमा जोड दिए । उक्त अवसरमा थमकुमारी कुँवर लगायतले असुरक्षित गर्भपतनले मानव स्वास्थमा पर्ने असरका बारेमा प्रकाश पारेका थिए ।

Related News

सम्बन्धित समाचार

  • नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो

    रासस असाेज २३, २०८१
    काठमाडौँ, २३ असोज । नेपाल राष्ट्र बैंकले दसैँतिहारलाई लक्षित गरी यस वर्ष नयाँ नोट मुद्रण नगर्दा नोट सटहीको चाप ह्वात्तै…
  • लायन्स पोखरा आदर्श चौतारीको सहयोग

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतको लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले रानीपौवास्थित सत्य साइ बाल आश्रममा…
  • दशैँमा पिङको मज्जा

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा लामाचौरमा नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा मंगलबार गाडिएको लिङ्गे पिङमा रमाउँदै केटाकेटी । सशस्त्र प्रहरी बल कालिका गण, मालेपाटनले…
  • राष्ट्रिय पुस्तक नीति महत्वपूर्णः शिक्षामन्त्री

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पठन संस्कृतिको विकासमा राष्ट्रिय पुस्तक नीति महत्वपूर्ण हुने बताएकी छन् । मन्त्रालयमा…
  • दशैँमा गावै रमाइलो, तर बाहिरिने कम

    धनबहादुर गुरुङ असाेज २२, २०८१
    पोखरा । पर्यटनको राजधानी पोखरालाई कर्मथलो र पढ्नेथलो बनाएकाहरु दशैँतिहार माहोलसँगै यतिखेर गाउँ फर्कने तयारीमा छन् । त्यसैबेला पोखराका प्रमुख…

hero news full width

Recent Posts

भर्खरै