बुटवल २१ असार । प्रदेश ५ मा अनुशासनहीन काम गरेका एक सय ७६ प्रहरी कारबाहीमा परेका छन् ।
कारबाहीमा परेका मध्ये ७ जना प्रहरी निरीक्षक, २९ जना प्रहरी सहायक निरीक्षक, २५ जना हवल्दार र ११६ जना जवान रहेको जानकारी प्रदेश ५ प्रहरी कार्यालय तुलसीपुरका डिएसपी नवराज पोखरेलले दिए ।
जसमा ९ जनालाई निलम्बन, ७ जनालाई तलब स्केलमा घटुवा ९९ जनालाई नैसियद, १३ जना पदोन्नति रोक्का, १० जना तलबबृद्धि रोक्का, १६ जना सेवाबाट हटाइएका, १ जना तल्लो टाइम स्केलमा घटुवा, १६ जना, सक्त चेतावनी, ५ जना चालचलनमा प्रतिकूल राय रहेको बताए ।
प्रदेश प्रहरी कार्यालय दाङबाट ३ जना, प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलबाट ७, प्रदेश ५ को सशस्त्र प्रहरी गण खजुरा बाँकेबाट १ जना, प्रदेश ५ को दंगा नियन्त्रण प्रहरी गण सुनवल नवलपरासीबाट ४ जना कारवाहीमा परेका हुन।
त्यस्तै जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट १५ जना, अर्घाखाँचीबाट ११, कपिलवस्तुबाट २०, नवलपरासीबाट ९, पाल्पाबाट ४, प्यूठानबाट २, बँंकेबाट ३२, पूर्वरुकुमबाट २, बर्दियाबाट २८, रोल्पाबाट ७ र गुल्मीबाट १ जना प्रहरी कारबाहीमा परेका हुन। उनीहरूले सन्तोषजनक काम नगरेको, आदेश नमानेको, अनुशासनहीन काम गरेको जस्ता कारणले कारवाही गरिएको बताए। त्यसैगरी दाङमा चालुआर्थिक वर्षमा ३३ जना प्रहरी कारवाहीमा परेका छन् ।
प्रदेश ५ प्रहरी कार्यालय तुलसीपुरका अनुसार चालुआर्थिक वर्षको असारको दोस्रो हप्तासम्म ३३ जना प्रहरी कारबाहीमा परेका हुन्। कारबाहीमा पर्नेमा ३ जना प्रहरी निरीक्षक, २ जना प्रहरी नायव निरीक्षक, ५ जना प्रहरी सहायक निरीक्षक, ५ जना प्रहरी हवल्दार र १९ जना प्रहरी जवान कारबाहीमा परेका हुन। ती मध्ये प्रदेश प्रहरी कार्यलयबाट १ जना र जिल्ला प्रहरी कार्यालय दाङबाट २ जना प्रहरी निरीक्षक कारवाहीमा परेका हुन् ।
Related News
सम्बन्धित समाचार
पोखरा महानगरद्वारा खाद्य पसलमा अनुगमन
मनाङमा पर्यटक चहलपहल बढ्यो
जिप दुर्घटनामा ७ जना घाइते
क्षतिग्रस्त पुल र सडक निर्माणमा २५ अर्ब लाग्ने
बाढीपहिरो प्रभावितलाई गण्डकी सरकारको ५० लाख
hero news full width
मुख्य समाचार
विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु, नवदुर्गाले खिच्यो ध्यान
गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो
असाेज १७, २०८१सर्वोच्चले भन्यो–जोशीलाई हिरासतमुक्त गर्न सकिने
असाेज १७, २०८१स्वास्थ्य मन्त्रालय परिसरमै लामखुट्टेको बासस्थान !
असाेज १६, २०८१विन्ध्यवासिनी बसपार्कमा यात्रु सहायता कक्ष
असाेज १६, २०८१बाढीपहिरामा परी २२८ जनाको मृत्यु
असाेज १६, २०८१