रुपन्देहीमा जनप्रतिनिधि कुटिए

आदर्श समाज सम्वाददाता
असार २०, २०७६
pic pidit janapartinidhi a

बुटवल २० असार । रुपन्देहीको देवदह नगरपालिका–१० का वडा सदस्य यमबहादुर थापामाथि हातपात भएको छ । वडा सदस्य थापामाथि सोही वडाका वडा सदस्यमा पराजित उम्मेदवार बिश्वास गुरुङ्गले कुटपिट गरेका हुन् ।

दुई दिन अघि देबदह नगरपालिका वडा नं १० चरङ्गेका बिपन्न घर परिवारलाई नेपाल सरकारद्वारा निःशुल्क रुपमा उपलब्ध गराएको विद्युत मिटरबक्स वितरण गर्ने क्रममा भएको बिवादका क्रममा गुरुङ्गले वडा सदस्य थापामाथि हातपात गर्नुका साथै गालीबेइज्यति गरेको वडा अध्यक्ष एकु सुनारले बताए ।

वडा अध्यक्ष सुनारले दिएको जानकारी अनुसार नेपाल बिद्युत प्राधिकरण बुटवलबाट आएको प्राविधिकहरुको टोली सहित वडा कार्यालयको रोहवरमा बिपन्न समुदायलाई विद्युत मिटरबक्स बितरण गरी बिद्युत सम्बन्धी समस्या अनुगमन गर्ने क्रममा चरङ्गे स्थित सीता मावि पुगेका वडा सदस्य यमबहादुर थापामाथि सोही ठाउका बिस्वास गुरुङ्गले हातपात गरका हुन् ।

पीडित यमबहादुर थापाले घटना लगत्तै इलाका प्रहरी कार्यालय बुटवलमा हातपातमा संलग्न गुरुङ्गका बिरुद्ध उजुरी दिएका छन् । वडा अध्यक्ष सुनारले दोषीमाथि कार्बाही नभए काम गर्न कठीन हुने भन्दै कार्बाहीको माग गरे ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले घटनाको बिषयमा उजुरी परेको बताउदै त्यसबारे अनुसन्धान भैरहेको जानकारी दिए । घटनाका अभियुक्त पक्राउ नपरेको समेत प्रनाउ भट्टराईको भनाई छ ।

Related News

सम्बन्धित समाचार

hero news full width