लिबियाको बम विस्फोटमा लमजुङका सन्तोष श्रेष्ठको मृत्यु

आदर्श समाज सम्वाददाता
असार २०, २०७६
Central-Bank-of-Libya-by-KAMJZ-01

लमजुङ । लिबियाको त्रिपोली सहर भएको आतंकवादी बम विस्फोटमा लमजुङ मुलघर भएका सन्तोष श्रेष्ठको निधन भएको छ । त्रिपोलीको पूर्व ताजुरा डिटेन्सन सेन्टरमा उक्त बम विष्फोट भएको हो ।

लमजुङको बेसीसहर नगरपालिका– ११ चितिमा घर भएका सन्तोष गत माघमा घर छाडेर युरोप यात्रामा निस्केको उनको परिवारका सदस्यले बताए । उनी मानव तस्करको संजाल मार्फत त्यहाँ पुगेको परिवारजनले बताएका छन् । परिवारका अनुसार सन्तोष सहितका आप्रवासी समूह लिबियाबाट इटाली जानका लागि तयारी गरिरहेका थिए ।

लमजुङकै एक चिनारु एजेन्टलाई सुरुमा १० लाख रुपैयाँ बुझाएर सन्तोष काठमाडौंबाट दुबइ हुँदै लिबिया पुगेको बताइएकोछ । कायरोस्थित नेपाली नियोगका चार्ज डे अफेयर्स सुजन बिडारीका अनुसार, लिबियाबाट उद्धार गरिएका अरु ८ जना नेपालीलाई पनि टर्की हुँदै घर फर्कने प्रबन्ध आइओएमले मिलाइसकेको छ । आइओएमले पछिल्लो महिनामा मात्रै २६ नेपालीलाई लिबियाबाट उद्धार गरेर नेपाल पठाइसकेको छ । अरु ६ जना नेपाली अहिले पनि आइएमको त्रिपोली शिविरमा रहेका छन् ।

अन्तर्राष्ट्रिय आप्रवासी संगठन(आइओएम)को समन्वयमा इजिप्टस्थित नेपाली नियोगले दिएको जानकारीमा २७ वर्षीय सन्तोषको शव नेपाल फिर्ता पठाउन यात्रा अनुमति पत्र त्रिपोली पठाइएको छ । उनी अविवाहित रहेको परिवारस्रोतले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width