बुटवल २० असार । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकाले आफ्नो पालिकामा रहेका जेष्ठ नागरिकलाई रेडियो सेट र लौरो वितरण गरेको छ ।
पालिकाहरुमा भैरहेको कार्यप्रति आलोचना वढिरहेका वेला धुर्कोटले सानो तर लोकप्रिय कार्यक्रम गरेको । गाउँपालिकाले आफ्नो क्षेत्रका सात वटै वडाका झण्डै दुई सय जेष्ठ नागरिकलाई यी सामाग्री वितरण गर्ने जनाएको छ ।
पालिकाका प्रमुख भूपाल पोख्रेलले बृद्धबृद्धालाई रेडियो र लौरो साहारा हुने मान्यता रहेकोले यस्तो कार्यक्रम गरिएको बताए । पालिका भित्र रहेका ७५ वर्ष माथिका बृद्धबृद्धालाई पायक पर्ने स्थानमा वोलाएर यि सामाग्री वितरण गरिएको उपाध्यक्ष शिव केसीले जानकारी दिए ।
उनका अनुसार पालिका भित्रका ७५ वर्ष माथिका दुई सयको हाराहारीमा जेष्ठ नागरिक रहेकोले सोही अनुसार कार्यक्रम थालिएको बताए । पहिलो चरणमा बिहिबार पालिकाको कार्यालय नजिक २८ जना जेष्ठ नागरिकलाई रेडियो र लौरो वितरण गरियो । दुई चार सयमै आउने लौरो र रेडियो पाएका जेष्ठ नागरिकहरुले भने निकै खुशी देखिएका थिए । उनीहरुले पालिकाले आफुहरुलाई सम्मान गरेको प्रतिक्रिया समेत दिएका छन् । पालिकाको नयां कार्यालय निमार्ण गरेर प्रदेशमै पहिलो दावी गरेको छ ।
Related News
सम्बन्धित समाचार
पाल्पाली समाज पोखराको शुभकामना आदानप्रदान
पाहार ट्रष्ट नेपालको १२ औं वार्षिक साधारणसभा
क्षतिग्रस्त पुल र सडक निर्माणमा २५ अर्ब लाग्ने
सर्वोच्चले भन्यो–जोशीलाई हिरासतमुक्त गर्न सकिने
बाढीपहिरामा परी २२८ जनाको मृत्यु
hero news full width
मुख्य समाचार
पोखरा महानगरद्वारा खाद्य पसलमा अनुगमन
मनाङमा पर्यटक चहलपहल बढ्यो
असाेज १८, २०८१जिप दुर्घटनामा ७ जना घाइते
असाेज १८, २०८१बाढीपहिरो प्रभावितलाई गण्डकी सरकारको ५० लाख
असाेज १७, २०८१विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु, नवदुर्गाले खिच्यो ध्यान
असाेज १७, २०८१गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो
असाेज १७, २०८१