लमजुङ, २० असार । नेपालकै पहिलो ‘स्मार्ट भिलेज’ बन्दै गरेको क्व्होलासोथर गाउँपालिकाभित्र लगाइएको चिया खेती पर्यटकको मुख्य आकर्षण बन्न थालेको छ । गाउँपालिकाभित्रका घलेगाउँ, भुजुङ, पसगाउँमा लगाइएको चियाबगानमा दैनिक सयौँ आन्तरिक पर्यटक रमाउने गरेका छन् ।
चिया बगानको सुन्दर दृश्य हेर्दा निकै रमाइलो लाग्ने काठमाडौँबाट घलेगाउँ आएका पर्यटक अनिल महर्जनले बताए । उनले भने “यो चिया बगानले म लगायतसँगै आएको साथीहरुको समेत मन तानेको छ । महर्जन लगायत यहाँ आएका जो कोहीको पनि यस चिया बगान आकर्षणको केन्द्र बन्ने गरेको छ । इलामको चिया बगानको झल्को दिने यस चिया बगान हेर्नकै लागि समेत आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको स्थानीय कृषक भुजुङकी मीनकुमारी गुरुङले बताए ।
घलेगाउँका स्थानीय दीर्घराज घलेका अनुसार दैनिक १०० देखि ३०० सम्म आन्तरिक पर्यटक चिया बगान पुग्ने गर्दछन् । पर्यटकको आकर्षण चिया बगान बन्न थालेपछि गाउँपालिकाले पर्यटकीय गन्तव्यका रूपमा लिएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले बताए । “पहिला यहाँको प्रकृति, संस्कृति हेर्न पर्यटक आउँथे, अहिले चियाबारी हेर्न पनि आउन थालेका छन”, उनले भने ”, “यहाँका स्थानीयलाई चिया बगानले आर्थिक समृद्धितर्फ अघि बढाएको छ ।” चियाखेती हेर्न पर्यटकको ओइरो लागिरहेको घलेगाउँ चियाखेतीका अध्यक्ष यमप्रसाद घलेले भने ।
समुद्री सतहदेखि दुई हजार १०० मिटर उचाइमा रहेको चिया बगान ७५० रोपनीमा लगाइए पनि पाँच सय रोपनी क्षेत्रफलमा राम्रो चियाखेती भइरहेको एक्याप भुजुङका कार्यालय प्रमुख राजेशप्रसाद गुप्ताले बताए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० ले पहिलोपटक परीक्षणका रूपमा २०५५ सालमा चियाखेती गरेको थियो । अहिले घलेगाउँमा २०० रोपनी, भुजुङमा ४०० रोपनी र पसगाउँमा १५० रोपनी क्षेत्रफल जमीनमा चियाखेती गरिरहेको उहाँले जानकारी दिए । विसं २०५५ बाटै चियाखेतीको शुरुआत गरिए पनि जनयुद्धका कारण चियाखेती फष्टाउन नसकेको र पछि मुलुकमा शान्ति स्थापना भएपछि व्यावसायिकरुपमा चियाखेती गरिएको एक्याप कार्यालय प्रमुख गुप्ताको भनाइ छ ।
Related News
सम्बन्धित समाचार
पोखरा भिलेज अब चारतारे
ढोरपाटन सिकार आरक्ष आसपासमा तीस घरबास सञ्चालन गरिने
अन्नपूर्ण क्षेत्रमा भित्रिए ९ महिनामा १ लाख ४४ हजार पर्यटक
बन्दीपुरमा अन्तर्राष्ट्रियस्तरको रेष्टुरेन्ट र टुरिष्ट पार्क सञ्चालन
पर्यटनको राजधानी घोषणा वर्ष
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१