२२ दिनदेखि अनसन कायमै– नगरपालिका मौन

आदर्श समाज सम्वाददाता
असार १९, २०७६
pic dojer

बुटवल, १९ असार । सार्वजनिक जग्गाको अतिक्रमण हटाउने नाममा बुटवल नगरपालिकाले घरबार बिहिन बनाएका बुटवलका १६ परिवारको अनसन २२ दिनसम्म पनि जारी छ ।

उनीहरुले सहयोगी दाताहरुले दिएको खाना खाएर अनसन अघि बढाएका छन् । रिले अनसनमा वालवालिकाहरुदेखि बृद्धसम्मका सबैको सहभागिता रहेको छ । दिउसोमा विद्यालय जाने विद्यार्थीले पनि बिहान र साँझ अनसन बस्ने गरेका छन् । २०२८ सालदेखि बुटवलको जामे मस्जिद अगाडी रहेको टिनको छाप्रोमा बस्दै आएका स्थानीयको छाप्रो बुटवल उपमहानगरपालिकाले डोजर लगाएर भत्काएपछि स्थानीयहरु बिचल्लीमा परेका हुन । लामो समयदेखि आफुहरुको समस्या समाधानका लागि हारगुहार गरेपनि बुटवल उपमहानगर पालिकाले भने कुनै सुनुवाई नगरेको संर्घष समितिका संयोजक हरिप्रसाद विश्वकर्माले बताए ।

श्री ३ वडा महारानीको भएको र सार्वजनिक जग्गा संरक्षण गर्नु दायित्व स्थानीय तहको भन्दै उपमहानगरपालिकाले उनीहरुको छाप्रोमा डोजर चलाएको थियो । घर बाहार बिहिन भएका १६ परिवारले सोही स्थानमा उपमहानगरपालिकाले डोजर चलाएको दिनदेखि बैकल्पिक ब्यवस्थाको माग गर्दै रिलेअनसनमा बसेका छन । १५ केटाकेटी , १ गर्भवती महिला सहित १६ परिवारका एक सय जना अहिले एकै ठाउँमा रिलेअनशनमा छन ।

दिउँसोको चर्काे घाम र वर्षा हुँदा समेत उनिहरु अनसनमा बस्ने गरेको विश्वकर्माले बताए । १६ परिवारका ३० बालबालिकाले स्थानीय विद्यालयमा पढ्दै आएका छन् । उनिहरुको बस्तीमा डोजर लगाउँदा विद्यार्थीका पोशाक , लत्ता कपडा , किताव , कापी नष्ट भएपछि करिव दुई हप्ता सम्म उनीहरु विद्यालय गएका थिएनन । अहिले वालवालिकाको पढाईको निरन्तरताको लागि स्थानीय संस्थाले सहयोग गरपछि भने उनीहरुको विद्यालय सुचारु भएको छ ।

पीडितहरुको वारेमा बुझ्नका लागि नेपाली कांग्रेसका केन्द्रीय नेताहरु सो स्थानमा पुगेका छन् । उनीहरुले पीडितहरुलाई अन्याय भएको भन्दै तत्काल उचित व्यवस्थापनको माग गरे । अनसन स्थलमा पुगेका कांग्रेसका नेता प्रकाशमान सिंह र वालकृष्ण खांणले स्थानीय सरकारले ज्यादती गरेको भन्दै तत्काल विकल्पको व्यवस्था गर्न माग गरे । यता नागरिकलाई तत्काल उचित बसोबासको व्यवस्था गर्न बुटवलमा क्रियाशील ११ वटा दलले नगरपालिकासंग माग गरेका छन । नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा,नयाँ शक्ति लगायतका ११ वटा दलको बुटवलमा बसेको संयुक्त बैठकले नगरप्रमुखकै नेतृत्वमा घरबार बिहिन बनाइएका १६ परिवारलाइ नगरपालिका भित्रै प्रतिपरिवार दश धुरका दरले जग्गा उपलब्ध गराइ पुनस्र्थापना गर्न माग गरेको हो ।

नगरबासीको गाँसबासको सुरक्षा गर्नु पर्ने नगरप्रमुखको दायित्वलाइ बिर्सेर मेयर शिवराज सुवेदीले बर्षौ देखि बस्दै आएका गरिब र विपन्न नागरिकको बस्तीमा एकाएक डोजर चलाउनु निन्दनीय कार्य भएको भन्दै त्यसप्रति घोर आपत्ति जनाइएको छ । संविधानको धारा ३५,३६ र ३७ को उल्लघन गरेको अरोप लगाउदै उनीहरुले संविधानको पालना गर्न मेयर सुवेदीलाइ आग्रह पनि गरेका छन ।

नेपाली काँग्रेसका नगरसभापति खेलराज पाण्डे,जनमुक्तिका थर्कबहादुर बाह्रघरे मगर,समाजबादी पार्टी नेपालका अशोक बर्मा,नयाँ शक्तिका बामदेव भुसाल,राष्ट्रिय जनमोर्चाका तुलसीराम शर्मा,राष्ट्रिय प्रजातन्त्र पार्टीका निरज प्रताप खाँण,राष्ट्रिय जागरण परिषदका चित्रबहादुर थापा लगायत सहभागी संयुक्त बैठकले नगरपालिकाले घरबास खोसेर सडकमा पुराइएका बिपन्न परिवारलाइ तत्काल उचित पुनस्र्थापना गर्न माग गरेको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width