कास्कीको मादी गाउँपालिकाको केन्द्र सार्ने विषयमा नेपाली काँग्रेसले विरोध गरेको छ।
निर्वाचित जनप्रतिनिधि र मादी काँग्रेसको संयुक्त बैठक बसेर अहिलेको ठाउँबाट केन्द्र नसार्न चेतावनी दिएको हो।
‘अहिलेकै ठाउँमा सबै संरचना बनिसकेको छ। धेरै खर्च भैसक्यो, ’ काँग्रेस मादीका संयोजक देवीजङ्ग गुरुङले भने, ‘सार्ने नै हो भने सबैलाई पायक पर्ने ठाउँमा सारियोस्। अहिले सार्न लागेको ठाउँ हामीलाई मान्य छैन। ’
हाल याङ्जाकोटस्थित साविक थुमाकोडाँडा गाविसको कार्यालयमा केन्द्र राखिएको छ भने गाउँपालिकाले नजिकै रहेको देउरालीमा केन्द्र बनाउने तयारी गरेको छ। आफूहरुसँग समन्वय नै नगरी एकलौटी रुपमा केन्द्र सार्ने निर्णय गरेको काँग्रेसको आरोप छ। बैठकले १२ वटै वडाहरुलाई पायक पर्ने स्थान मादी करिडोरमा केन्द्र राख्नुपर्ने माग गरेको छ।
यसैबीच, गाउँसभामा काँग्रेसका प्रतिनिधिले राखेको संशोधन प्रस्तावमाथि छलफल नगरी एकलौटी रुपमा निर्णय गरिएको भन्दै काँग्रेसले त्यसको पनि विरोध गरेको छ।
‘सहमति, सहकार्य र एकतालाई लत्याएर जबरजस्ती निर्णय गरिएका छन्। हामीले सच्याउन पटक पटक आग्रह गरेका छौं, ’ मादी गाउँपालिका ८ का वडाध्यक्ष याम गुरुङले भने, ‘सच्याइएन भने २० गतेको गाउँसभा बहिष्कार गरिन्छ।’
Related News
सम्बन्धित समाचार
नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
लायन्स पोखरा आदर्श चौतारीको सहयोग
दशैँमा पिङको मज्जा
राष्ट्रिय पुस्तक नीति महत्वपूर्णः शिक्षामन्त्री
दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
hero news full width
मुख्य समाचार
विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
असाेज २३, २०८१हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
असाेज २३, २०८१पोखरामा क्रस कन्ट्री दौड तयारी
असाेज २२, २०८१दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१