खानेपानी महसुल आइएमई पेबाट

आदर्श समाज सम्वाददाता
असार १९, २०७६
ime pay

लेखनाथवासीले साउन १ देखि खानेपानीको महसुल बापतको रकम अबदेखि ‘आइएमई पे’बाट भुक्तानी गर्न पाउने भएका छन् ।

पोखरा ३०, ढुंगेपाटनस्थित लेखनाथ साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र ‘आइएमई पे’बीच वुधवार सहकार्यात्मक सहमति भएको हो। सहमतिसँगै लेखनाथ साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका उपभोक्ताले लाइन नबसी सहज तरिकाले ‘आइएमई पे’मार्फत पानीको महसुल भुक्तानी गर्न पाउनेछन्।

सहमतिमा ‘आइएमई पे’ तर्फबाट गण्डकी प्रदेश प्रमुख संगीत अधिकारी, आइएमईका साविक गण्डकी–धौलागिरि प्रमुख किशोर शर्मा र लेखनाथ साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाबाट लेखा प्रशासन प्रमुख विश्वराम भण्डारीले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। लेखनाथ साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका १२ हजार उपभोक्ता छन्।

यसले आमसेवाग्राहीलाई बिल भुक्तानीका लागि लाइन बस्नुपर्ने झन्झटबाट मुक्ति मिल्नेछ। करिब २० हजार एजेन्ट आउटलेट सञ्जाल भएको ‘आइएमई पे’ आइएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो।

Related News

सम्बन्धित समाचार

hero news full width