कास्कीको मादी गाउँपालिकाको तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।
गाउँपालिका, प्रदेश र केन्द्र सरकारबाट सञ्चालित विभिन्न पूर्वाधार निर्माणका योजना तथा कार्यलयबाट प्रवाह हुने सेवाका बारेमा सार्वजनिक सुनुवाई गरिएको हो। सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीले योजना फरफारक गर्ने प्रक्रिया झन्झटिलो भएको, प्राविधिकहरुको कमी भएकाले समयमा नै प्राविधिकको सहयोग नपाएको, भुकम्प पीडितले अहिलेसम्म पनि अनुदान पाउन नसकेको लगायतका गुनासा राखेका थिए।
सार्वजनिक सुनुवाई अगाडि गरिएको एक्जिट पोल (बहिर्गमन अभिमत), सेवाको सन्तुष्टि सम्बन्धि अभिमत र सेवा सम्बन्धी अभिमत संकलन गरी प्रतिवेदन पेश गरिएको थियो।
प्रतिवेदनमा सेवाग्राहीले समग्रमा गाउँपालिकाको सेवा प्रवाहमा सन्तुष्टि जनाएपनि योजना माग गर्ने, मुल्याकंन गराउने तथा भुक्तानी लिने प्रक्रिया भने झन्झटिलो रहेको बताएका थिए। गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले नागरिकका गुनासा र सुझावलाई आफूहरुले मनन गर्दै गाउँपालिकाबाट प्रवाह हुने सेवा सुविधालाई बढाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरे।
कार्यक्रममा वडा नम्बर ३, ४ र ५ का वडाअध्यक्षहरु क्रमश मनबहादुर गुरुङ, सत्यराज सापकोटा र रनबहादुर गुरुङले वडाबाट सम्पन्न भएका योजना तथा सेवा प्रवाहबारे जानकारी गराएका थिए।
गाउँपालिका अध्यक्ष गुरुङ, उपाध्यक्ष शान्तिदेवी आचार्य पौडेल, प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीद्वारा सहभागीले उठाएका जिज्ञासाको जवाफ दिएका थिए।
Related News
सम्बन्धित समाचार
क्षतिग्रस्त पुल र सडक निर्माणमा २५ अर्ब लाग्ने
सर्वोच्चले भन्यो–जोशीलाई हिरासतमुक्त गर्न सकिने
बाढीपहिरामा परी २२८ जनाको मृत्यु
दाउन्ने सडक डेढ फिट भासियो
२०९ को मृत्यु, २९ अझै बेपत्ता
hero news full width
मुख्य समाचार
बाढीपहिरो प्रभावितलाई गण्डकी सरकारको ५० लाख
विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु, नवदुर्गाले खिच्यो ध्यान
असाेज १७, २०८१गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो
असाेज १७, २०८१स्वास्थ्य मन्त्रालय परिसरमै लामखुट्टेको बासस्थान !
असाेज १६, २०८१विन्ध्यवासिनी बसपार्कमा यात्रु सहायता कक्ष
असाेज १६, २०८१ढोरपाटनका मेयर कारागार चलान
असाेज १५, २०८१