गर्भवती महिलालाई अण्डा र क्याल्सियम वितरण

आदर्श समाज सम्वाददाता
असार १८, २०७६
65542076_2311128195600364_8161194433774092288_n_Fotor

शहरी स्वास्थ्य केन्द्र पोखरा–१४ ले गर्भवती महिलाका लागि पोषणसम्बन्धी अभिमुखीकरण गरेको छ। गर्भवती महिलाका लागि आवश्यक पोषण र अपनाउनु पर्ने सावधानीबारे जानकारी दिने उद्देश्यले सो कार्यक्रम गरिएको हो।

कार्यक्रममा पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाकी कविता पौडेल र जिल्ला स्वास्थ्य कार्यालय कास्कीकी सम्झना ढुङ्गानाले सहजिकरण गरेका थिए।

कार्यक्रममा पोखरा–१४ का ६५ जना गर्भवती महिलाको सहभागिता रहेको स्वास्थ्य केन्द्रकी कर्मचारी रक्षा पोखरेलले जानकारी दिइन्। त्यस अवसरमा गर्भवती महिलालाई अण्डा र क्याल्सियम वितरण गरिएको थियो।

स्वास्थ्य केन्द्रका अध्यक्ष प्रेमबहादुर कार्की, उपाध्यक्ष बोधराज कार्की, नेपाल प्रेस युनियन कास्की अध्यक्ष नवीन सिग्देल, पोखरा–१४ वडा कार्यालयका सचिव अर्जुन ढुङ्गाना लगायतले अण्डा र क्याल्सियम वितरण गरेका थिए।

कार्यक्रममा वडाध्यक्ष समेत रहेका केन्द्र प्रमुख प्रेमबहादुर कार्कीले वडाको आवश्यकतालाई प्राथमिकता दिने बताए।

उपाध्यक्ष बोधराज कार्कीले स्वास्थ्यमा सबैले ध्यान दिनुपर्नेमा जोड दिए।

नेपाल प्रेस युनियन कास्की अध्यक्ष नवीन सिग्देलले सामाजिक सुरक्षा कार्यक्रमलाई विस्तार गर्दै लैजानुपर्ने औल्याए।

कार्यक्रम स्वास्थ्य केन्द्रकी प्रमुख सरिता थापाले संचालन गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

hero news full width