पोखरा, १७ असार । पोखराको सिमलचौरमा स्थित पिसजोन एकेडेमीमा प्रत्येक महिना गरिँदै आएको महिना विद्यार्थी छनोट अन्तर्गत जेठ महिनाको नतिजा सार्वजनिक गरिएको छ ।
कक्षा एल केजीदेखि दसकक्षासम्म प्रत्येक कक्षाबाट एक एक जनालाई उनीहरूको मासिक मूल्याङ्कन गरेर छनोट गरिएको विद्यालयका संस्थापक तथा प्रमुख व्यवस्थापक योगन्द्र शर्मा दाहालले जानकारी दिए ।
पुरस्कृत विद्यार्थीलाई नगद पुरस्कार र महिनाभरी आ–आफ्नो कक्षाको भित्तामा फ्लेक्स प्रिन्ट फोटो टाँसिएको उनले बताए । असार महिनामा पुरस्कृत हुने विद्यार्थीहरूमा कक्षा एलकेजीबाट आयान बास्तोला, कक्षा युकेजीबाट अमुल राना मगर, कक्षा एकबाट रक्षा गिरी, कक्षा दुईबाट आस्ना पौडेल र कक्षा तीनबाट सुप्रिया पौडेल रहेका छन् । त्यसैगरी कक्षा चारबाट समीक्षा घले, कक्षा पाँचबाट सौगात कुँवर, कक्षा ६ बाट ग्रेसिका शिवाकोटी र कक्षा सातबाट विज्ञा न्यौपाने जेठ महिना विद्यार्थीबाट सम्मानित भए ।
त्यस्तै कक्षा आठबाट सदीक्षा लामिछाने, कक्षा ९ बाट शैलेश घिमिरे र कक्षा १० बाट पुजना बस्नेतले जेठ महिनाको महिना विद्यार्थीको उपाधिलाई आफ्नो पोल्टामा पार्न सुरक्षित भए । पुरस्कृत विद्यार्थीलाई जनही पाँच सय रुपैयाँ र फोटो फ्लेक्स प्रिन्ट एक महिनासम्म कक्षाको भित्तामा टाँसिने विद्यालयले जनाएको छ ।
फरक सोच, भिन्न शैली एवम् विद्यार्थी मैत्री वातावरणमा सञ्चालित पिसजोन एकेडेमीले विगत १६ वर्षदेखि नै अन्य विद्यालयले भन्दा फरक शैलीका कार्यक्रमहरू सहक्रियाकलाप र शैक्षणिक योजनामा राखेर अघि बढेको संस्थापक शर्माले जनाए । सैद्धान्तिक ज्ञान, किताबी ज्ञानमात्र नभई बालबालिकाको चौतर्फी विकासमा फरक शैली अप्नाएर विद्यार्थीको मानसिक, बौद्धिक एवम् चारित्रिक विकासमा जोड दिने गरिएको विद्यालयले जनाएको छ । विद्यालयले यसअघि अङ्ग्रेजी सप्ताह अन्तर्गत विविध कार्यक्रम सम्पन्न गरेको बताइएको छ ।
Related News
सम्बन्धित समाचार
गौरीशंकरमा विद्यार्थी स्वागत
गौरीशंकर क्याम्पसमा अन्तरक्रिया
सातौं डायमण्ड रनिङ शिल्ड
गौरीशंकरमा सर्कल पुनर्गठन
अभिभावकमुखी शिक्षा प्रभावकारी बनाउन निर्देशन
hero news full width
मुख्य समाचार
पोखरा महानगरद्वारा खाद्य पसलमा अनुगमन
मनाङमा पर्यटक चहलपहल बढ्यो
असाेज १८, २०८१जिप दुर्घटनामा ७ जना घाइते
असाेज १८, २०८१क्षतिग्रस्त पुल र सडक निर्माणमा २५ अर्ब लाग्ने
असाेज १७, २०८१बाढीपहिरो प्रभावितलाई गण्डकी सरकारको ५० लाख
असाेज १७, २०८१विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु, नवदुर्गाले खिच्यो ध्यान
असाेज १७, २०८१