पुराना पार्टीबाट विकास र समृद्धि सम्भव छैन– डा.भट्टराई

आदर्श समाज सम्वाददाता
असार १७, २०७६
65520102_397819717610826_5187413228971360256_n

पोखरा, १७ असार । समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले पुराना पार्टी नेकपा डबल र नेपाली काँग्रेसबाट देशको विकास र समृद्धि सम्भव नहुने बताएका छन् ।

संघीय समाजवादी फोरम र नयाशक्ति पार्टी नेपालको गण्डकी प्रदेश समिति समायोजन घोषणा कार्यक्रमलाई मंगलवार पोखरामा सम्वोधन गर्दै उनले केपी नेतृत्व सरकारको समृद्धि र विकास नारामा मात्रै रहने बताए । उनीहरुबाट जनतालाई भ्रम सृजना गर्नु वाहेक केही हुने छैन नेता भट्टराईले भने– नेकपा सरकारले देशलाई विश्वमै पीछडिएको राज्यको रुपमा पुर्याएर छाड्ने छ ।

दुई तिहाईको नाउँमा उनीहरुले लुटतन्त्र मच्चाएका छन्, मन्त्री तथा नेता कमाउ धन्दामा लागेका छन्, उनीहरुलाइृ कुनै कारवाही छैन, भ्रष्टाचार गर्न छुट छ, नेता भट्टराईले भने– अनियमितता नियन्त्रण गर्ने संस्तालाई समेत उनीहरुले आफ्नो नियन्त्रणमा लिएका छन् ।

नश्लीय चिन्तन भएका पार्टीले हिमाल, पहाड र तराईका उत्पीडित र पीछडिएका वर्गलाई समेटेर लान सकेनन्, त्यसैको विकल्पमा समाजवादी पार्टी स्थापना भएको र यसले सबैलाई समेटेर अगाडि वढ्ने छ, भट्टराईले भने ।

नेपाली माझै छिट्टै वैकल्पिक पार्टीको रुपमा समाजवादी पार्टी आउने दावी गर्दै नेता भट्टराइले दिगो शान्ति, सुशासन, समृद्धि र समाजवादको बाटोबाट अगाडि वढ्ने बताए । देश सधै पीछडिएको राज्यको रुपमा रहनु हुदैन, राज्यको पुनसंरचना गर्न जरुरी छ, त्यसका लागि समाजवादी पार्टीलाई जनताले विकल्पको ग्रहण गर्न जरुरी छ ।

आगामी निर्वाचनमा ठूलै धक्का दिनेगरी समाजवादी पार्टीको विकास हुने छ, उनले भने – आगामी दिनमा विचार मिल्ने पार्टी र शक्तिसँग पार्टी एकता गर्दै अगाडि वढ्छौ । वैचारिक तथा संगठनात्मक रुपमा पार्टीलाई वलियो बनाउदै आगामी निर्वाचनमा जनताको विकल्प पार्टीको रुपमा विकास गरिने दावी पनि भट्टराइले गरे ।

पहिचानमा आधारित संघीयतालाई मूल आधार बनाएर अगाडि वढ्ने वढ्ने सोचका हिमाल, पहाड र तराईका आम जनतालाई समेट्ने गरी पार्टी अगाडी वढेको जिकिर गर्दै उनले पुरानापार्टीबाट विकास र समृद्धि सम्भव छैन, उनीहरु पुरानो सोचबाट अगाडि वढेका छन् ।

उक्त अवसरमा डा भट्टराईले समाजवादी पार्टी नेपाल प्रदेश नं ४ गण्डकी समितिका अध्यक्ष मोती रिजालको अध्यक्षतामा गठित ५३ सदस्यीय समितिका पदाधिकारीलाई पार्टीको सपथ खुवाएका थिए । उक्त अवसरमा समाजवादी पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष हेमराज राई लगायतले आफ्नो भनाई राखेका थिए ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा। गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । दिउँसो करिब १२ मिनेटसम्म बैठक बसेर अनिश्चितकालका लागि स्थगित भएको…
  • चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सर्वोच्चको आदेश उल्लंघन गरी संसद् अधिवेशन आह्वान गरेको भन्दै कांग्रेस र राप्रपाले संसद्…
  • पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सम्पदा संरक्षण सम्मान–२०८० बाट पोखराका सुनिल उलक सम्मानित भएका छन् । नागरिक समाज कास्कीको आयोजनामा बिहीबार आयोजित समारोहमा…
  • सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का दीर्घ सोडारी नियुक्त भएका छन् । उनले एमाले, माओवादी, नेकपा एकीकृत…
  • प्रेमील गजलकारको भावपूर्ण बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। ‘साँझमा दीयो बालिराख्यौ को आउँदै छ आज ? हातका औँला चालिराख्यौ को आउँदै आज ? हिजो अस्ति उक्किएका घरका…

hero news full width