बिरौटामा ब्युटिसियन तालिम केन्द्र

आदर्श समाज सम्वाददाता
असार १७, २०७६
Shadow Beauty Parlour_Fotor

स्याडो ब्युटी पार्लर एण्ड तालिम केन्द्रले पोखरा–१७, बिरौटामा शाखा विस्तार गरेको छ।

सो शाखाको पोखरा महानगरपालिका उपमेयर मञ्जुदेवी गुरुङले शाखाको उद्घाटन गरिन्। उनले महिलालाई तालिम प्रदान गरी आत्मनिर्भर बनाउन शाखाले प्रमुख भुमिका खेल्नुपर्ने बताइन्। महानगरको सम्पन्न पाँचौं नगरसभाले ल्याएको ‘उपप्रमुखसँग महिला कार्यक्रम’ मा सहभागी हुन महिलालाई आग्रह समेत गरिन्।

पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले वडा लगायत पोखराको अन्य स्थानमा पनि तालिमको शाखा खोल्नुपर्ने औल्याए। पोखरा महानगर कार्यपालिका सदस्य राधिका शाही योगीले सिकेका सीप व्यवहारमा उतार्न आग्रह गरिन्।

ब्युटिसियन एशोसिएसनकी संरक्षक चीनु गुरुङले ब्युटिसियन व्यवसायमा लागेका महिलालाई परिवारबाट पनि सहयोग हुनुपर्ने उल्लेख गरिन्।

पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य सुष्मा पौडेलले सौन्दर्यको व्यवसायले शारीरिक सुन्दरतासँगै मनमा पनि सुन्दरता ल्याउने बताइन्।

कार्यक्रममा ब्युटी पार्लर संघ, गण्डकी अध्यक्ष कल्पना कोइराला, ब्युटीपार्लर एशोसिएसन कास्की अध्यक्ष सुनिता अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए।

ड्यामसाइडमा मुख्य कार्यालय रहेको केन्द्रले ब्युटिसियनसम्बन्धी तीन र छमहिने तालिम उपलब्ध गराउँदै आएको संचालक छाया ढकालले बताइन्। उनका अनुसार हालसम्म १ सयभन्दा बढीलाई उक्त तालिम प्रदान गरी सकिएको छ।

संचालक ढकालका अभिभावक रामबहादुर ढकाल र दीलमाया ढकालको संयुक्त अध्यक्षतामा भएको कार्यक्रममा पदमबहादुर ढकालले स्वागत र सन्तोषी सुनारले संचालन गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

hero news full width