गरीब तथा विपन्न वर्गका महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउने लक्ष्यसहित झोला बुन्ने तालिम शुरु भएको छ।
लायन्स क्लब अफ पोखरा मिड टाउनको आयोजना तथा विधाता हस्तकला प्रशिक्षण केन्द्र अमरसिंहचोकको व्यवस्थापनमा तालिम गरिएको हो। क्लबका तृतीय उपाध्यक्ष सुनादेवी श्रेष्ठको संयोजनमा तालिम गरिएको हो। तालिममा २० जना महिला सहभागी छन्।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ नेपालका पीआरओ इन चिफ रामचन्द्र पोखरेलले सिकेको सीप व्यवहारमा प्रयोग गर्न सके आयआर्जनमा वृद्धि हुने बताए। ‘तालिममा सिकेको ज्ञान व्यवहारमा उतारेर स्वरोजगार बन्न आवश्यक छ,’ उनले भने।
कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष तथा जीएसटी को–अर्डिनेटर कृष्णराज पोखरेल, पूर्व अध्यक्ष तथा एडिसनल क्याबिनेट ट्रेजरर विष्णुप्रसाद बास्तोला, रिजन चियरपर्सन लक्ष्मी बराल, पूर्व अध्यक्ष तथा जोन चियरपर्सन ठाकुरप्रसाद अधिकारी, निवर्तमान अध्यक्ष देवी तिमिल्सिना, प्रमुख प्रशिक्षक सविता श्रेष्ठ रञ्जित लगायतले बोलेका थिए।
क्लब अध्यक्ष सुरेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष विश्वास भण्डारीले स्वागत र सचिव विकास भूर्तेलले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
सर्वोच्चले भन्यो–जोशीलाई हिरासतमुक्त गर्न सकिने
बाढीपहिरामा परी २२८ जनाको मृत्यु
दाउन्ने सडक डेढ फिट भासियो
२०९ को मृत्यु, २९ अझै बेपत्ता
अख्तियार पोखराबाट ९१ प्रतिशत उजुरी फछ्र्यौट
hero news full width
मुख्य समाचार
विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु, नवदुर्गाले खिच्यो ध्यान
गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो
असाेज १७, २०८१स्वास्थ्य मन्त्रालय परिसरमै लामखुट्टेको बासस्थान !
असाेज १६, २०८१विन्ध्यवासिनी बसपार्कमा यात्रु सहायता कक्ष
असाेज १६, २०८१ढोरपाटनका मेयर कारागार चलान
असाेज १५, २०८१ज्येष्ठ नागरिकलाई महानगरको सम्मान
असाेज १५, २०८१