असारेगीतमा बास्तोला प्रथम

आदर्श समाज सम्वाददाता
असार १७, २०७६
bdfb047327fe3d72b4e6eaeaffb16955_Fotor

हेमजा साहित्य प्रतिष्ठानले आयोजना गरेको असारेगीत प्रतियोगितामा पार्वती बास्तोला प्रथम भएकी छन्। प्रतियोगितामा अप्सरा तिम्सिना दोस्रो र विष्णु त्रिपाठी तेस्रो भए।

प्रतियोगिता निर्णायकमा देवीस्थान भजन समूहका अध्यक्ष भरतचन्द्र गौतम, कलाकार रीता कार्की र गंगा त्रिपाठी थिए।

त्यस्तै, १९४ औं शुभप्रभात काव्यमाला पनि गरिएको थियो। जसमा आर्या त्रिपाठी, अनु त्रिपाठी, शास्त्र निधि, टेकबहादुर कुमाल, गोविन्द पराजुली, विष्णुप्रसाद पराजुली, नारायणी रेग्मी, भगवती पौडेल र पार्वती बानियाँले रचना वाचन गरेका थिए। प्रतिष्ठान सल्लाहकार महाकाव्यकार छन्दिका त्रिपाठीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा, कृषि संजाल हेमजाका संयोजक मोतिराम तिम्सिना, राष्ट्रिय लोक तथा दोहारीगीत प्रतिष्ठान हेमजा अध्यक्ष जयराम तिम्सिना, गीताञ्जली साहित्य परिवारका सदस्य ढुण्डीराज ज्ञवाली लगायतले असारेगीतको महत्वबारे बोलेका थिए।

प्रतिष्ठान अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रम कोषाध्यक्ष सुनिल गायकले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • सञ्जीवले ल्याए ‘जून ओर्लेको रात’

    आदर्श समाज सम्वाददाता चैत्र ११, २०८०
    पोखरा । कवि सञ्जीव पौडेलको कवितासंग्रह ‘जून ओर्लेको रात’ बजारमा आएको छ । शनिबार पोखरामा आयोजित दौंतरी कार्यक्रममा उक्त कृति…
  • ‘प्रिया !’ मुक्तक संग्रह लोकार्पण

    आदर्श समाज सम्वाददाता चैत्र ११, २०८०
    पोखरा । उपप्राध्यापक सुरज पौडेलद्वारा लिखित ‘प्रिया !’ मुक्तक संग्रह लोकार्पण गरिएको छ । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरा आयोजनामा शनिबार…
  • फेवाताल किनारमा चित्ताकर्षक ओडिसी नृत्य

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०८०
    पोखरा । नेपाल र भारतको समृद्ध सांस्कृतिक सम्पदा मनाउन पोखरामा शनिबार साँझ भारतीय शास्त्रीय ओडिसी नृत्य र नेपाली लोकनृत्य प्रस्तुत गर्दै…
  • कर्मचारी युनियन कास्कीको क्यालेन्डर

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा । नेपाल निजामती कर्मचारी युनियन कास्कीले विसं २०८१ को क्यालेन्डर निकालेको छ । शुक्रबार पोखरा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा…
  • जसुलाई रोटरी भोकेसनल एक्सिलेन्स अवार्ड

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०८०
    पोखरा । पोखराकी जसु गुरुङ १ लाख राशिको रोटरी भोकेसनल एक्सिलेन्स अवार्डबाट सम्मानित भएकी छन् । महिलालाई सामाजिक सेवामा प्रोत्साहित…

hero news full width