व्यावसायिक तरकारी खेतीसम्बन्धी तालिम

आदर्श समाज सम्वाददाता
असार १७, २०७६
dc15aea9013ffe07f2629d0883fe9174_Fotor

जिल्लाको मालिका गाउँपालिका–४, च्यूरीबोट र ओखरबोटका कृषकलाई व्यावसायिक तरकारी खेतीसम्बन्धी तालिम दिइएको छ।

गाउँपालिकाको आयोजना र कृषि शाखाको प्राविधिक सहयोगमा तरकारी खेतीलाई व्यावसायिक बनाइ किसानको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले तीनदिने तालिम संचालन गरिएको हो।

किसानलाई जैविक खेतीमा आकर्षित गर्न तालिम प्रदान गरिएको कृषि शाखा संयोजक खेमराज भट्टले जानकारी दिए।

च्यूरीबोटमा आयोजित तालिम उद्घाटन गर्दै गाउँ कार्यपालिका सदस्य मनरुपा घर्तीले कृषिलाई व्यावसायिकरुपमा जोड दिन सकेमा किसानको आयआर्जनमा सहयोग पुग्ने बताइन्। उनले बेमौसमी तरकारी उत्पादनका लागि गाउँपालिकाले सिँचाइ आयोजनालाई जोड दिएको बताइन्।

तालिममा वडा ४ का कृषि प्राविधिक गणेश चोखाल र संयोजक भट्टले सहजिकरण गरेका छन्। दुवै तालिममा ७० जना सहभागी थिए।

ओखरबोटमा संचालित तालिम कार्यपालिका सदस्य उदवीर रसाइलीले उद्घाटन गरेका थिए। तालिममा उन्नत जातको तरकारीको बीउबिजन वितरण गरिएको छ।

तालिममा व्यावसायिक तरकारी खेतीको सम्भावना र चुनौती लगायत तरकारी खेतीसम्बन्धी जानकारी गराइएको थियो।

Related News

सम्बन्धित समाचार

  • नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो

    रासस असाेज २३, २०८१
    काठमाडौँ, २३ असोज । नेपाल राष्ट्र बैंकले दसैँतिहारलाई लक्षित गरी यस वर्ष नयाँ नोट मुद्रण नगर्दा नोट सटहीको चाप ह्वात्तै…
  • लायन्स पोखरा आदर्श चौतारीको सहयोग

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतको लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले रानीपौवास्थित सत्य साइ बाल आश्रममा…
  • दशैँमा पिङको मज्जा

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा लामाचौरमा नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा मंगलबार गाडिएको लिङ्गे पिङमा रमाउँदै केटाकेटी । सशस्त्र प्रहरी बल कालिका गण, मालेपाटनले…
  • राष्ट्रिय पुस्तक नीति महत्वपूर्णः शिक्षामन्त्री

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पठन संस्कृतिको विकासमा राष्ट्रिय पुस्तक नीति महत्वपूर्ण हुने बताएकी छन् । मन्त्रालयमा…
  • दशैँमा गावै रमाइलो, तर बाहिरिने कम

    धनबहादुर गुरुङ असाेज २२, २०८१
    पोखरा । पर्यटनको राजधानी पोखरालाई कर्मथलो र पढ्नेथलो बनाएकाहरु दशैँतिहार माहोलसँगै यतिखेर गाउँ फर्कने तयारीमा छन् । त्यसैबेला पोखराका प्रमुख…

hero news full width

Recent Posts

भर्खरै