मुस्ताङ ठिनीको वृत्तचित्र

आदर्श समाज सम्वाददाता
असार १७, २०७६
jomsom-trekking81

पोखरा, १७ असार । मुस्ताङ जिल्लाको पर्यटकीय एवं थकाली समुदायको वस्ती रहेको स्थान थाक ठिनीको वृत्तचित्र निर्माण गरिएको छ ।

थाक ठिनी निवासी सन्जोग थकालीले उक्त गाउँको वृत्तचित्र निर्माण गरेका हुन् । मेरो गाउँ मेरो ठाँउ भिडीयो च्यालेन्जमा पिपल्स च्वाइस अवार्डमा मनोनित उक्त भिडियोमा गाँउको वस्तुस्थिति प्रस्तुत गरिएको छ ।

जोमसोमबाट दुई किलोमीटरको दुरीमा रहेको थाक ठिनी गाउँ प्राकृतिक दृश्यले मनोरम छ । यस गाउँमा अझै पनि पुरनो शैलीबाट नै घोक आर्थात सूचना दिने चलन छ। जौ प्रजातिको उवा बालुवामा भुट्ने, याकको रगत पिउने प्रचलन वषौदेखि चल्दै आइरहेको छ । थाक ठिनीमा मुस्ताङकै पहिलो थकाली होम स्टे र नजिकै रमणीय धुम्बा ताल, प्राचीन कुछब तेरेङा गुम्बा, स्नो लिओपार्ड गुफाको अवलोकन गर्न सकिन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width