जीप दुर्घटनामा छ घाइते एकको अवस्था चिन्ताजनक

रासस
असार १६, २०७६
BimalbahadurBista_Doti_RSS_jepaxdentpic2(2)

डोटी, १६ असार । जिल्लाको पश्चिमी क्षेत्रस्थित आदर्श गाउँपालिकामा सोमवार बिहान जीप दुर्घटना हुँदा छजना घाइते भएका छन ।

उक्त गाउँपालिकाबाट सायल गाउँपालिकातर्फ जाँदै गरेको से १ च ९१७ नं को जीप गजेडा भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

घाइते छमध्ये चालक कटक सितालको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए । भिरालो तथा चिप्लो सडक भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । घाइतेहरुलाई उपचारका लागि अस्पताल ल्याउने तयारी भइरहेको दिपायलस्थित इलाका प्रहरी कार्यालयका प्रमुख कमलापति पन्तले जानकारी दिए । जीप सडकबाट करीब पाँचसय मिटर तल खसेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width