बेनपाको पाँचौं नगरसभा

आदर्श समाज सम्वाददाता
असार १६, २०७६
benapa (1)

म्याग्दी,१६ असार । म्याग्दीको बेनी नगरपालिकामा देखिएको लामो समय देखीको विवाद सुल्झिएको छ । शनिवार डेढ महिना लामो विवाद अन्त्यका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसका नेताहरु विचमा सहमति जुटेपछि पछि जनप्रतिनिधिको आपसी विवाद समाधान भएको हो ।

सहमति जुटे लगत्तै आइतवार बसेको बेनी नगरपालिकाको विशेष नगरसभा पाँचौ नगरसभामा परिणत भएको छ । नगरकार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्माले पेश गरेको विशेष नगरसभालाई पाँँचौ नगरसभामा परिणत गरियोस भन्ने प्रस्ताव सर्वसम्मत रुपमा पास भएको हो ।

प्रस्ताव पेश गर्दै नगर कार्यपालिका सदस्य विश्वकर्माले सहमति र सहकार्यबाट नै नगरपालिकालाई समृद्ध र विकसित बनाउन सकिने विश्वास व्यक्त गरे । जनताको चाहना र अपेक्षा अनुसार आगमी दिनमा नगरपालिका अगाडि बढ्ने उनले बताए । आगमी असार २१ गते वस्ने नगरसभामा नीति कार्यक्रम र बजेट ल्याउनका लागि आजै बाट प्रक्रिया सुरु भएको नगरप्रमुख हरिकुमार श्रेष्ठले बताए ।

हामीले २८ गते नगरका एकतिहाई सदस्यहरुले विशेष नगरसभाको माग गरेका थियौं नगर कार्यपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले भने, ‘राजनीति सहमति भएकाले अव असार २१ गते वस्ने नगरसभाले नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी सुरु हुन्छ ।’

Related News

सम्बन्धित समाचार

hero news full width