प्रदेश ५ का मुख्यमन्त्री चिन जार्दै

Avatar आदर्श समाज सम्वाददाता
असार १६, २०७६

बुटवल १६ असार । मुख्यमन्त्री शंकर पोखरेल सोमबार चीन जादैं छन् । चिनियां कम्युनिष्ट पार्टी अन्तराष्ट्रिय विभागको निमन्त्रणामा उनि चीनको छेन्दु प्रस्थान गर्न लागेका हुन् । चाइना साउथर्न एयरलाइन्सबाट छेन्दु प्रस्थान गर्ने मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जमनकारी दिए ।

मुख्यमन्त्रीको भ्रमण दलमा गण्डकी प्रदेशका प्रमुख सचेतक मायानाथ अधिकारी, प्रदेश ५ कि सचेतक पार्वती पुन, प्रदेशसभा सदस्य हरि रिजाल, प्रदेश ३ का प्रदेशसभा सदस्य राजेश शाक्य, प्रतिनिधिसभा सदस्य नवराज रावत, घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी, ठाकुरबाबा नगरपालिकका मेयर घननारायण श्रेष्ठ, युवा संगठनका अध्यक्ष रामप्रसाद सापकोटा, अखिलका अध्यक्ष ऐन महर संविधानसभा सदस्य ऋषि पोखरेल, नेकपा भोजपुर अध्यक्ष प्रेमकुमार राई,मुख्यमन्त्रीका प्रेस सल्लाहकार केसी,स्वकीय सचिव तिरनराज गौतम,युवा नेता शिवराम यादव, सुमित्रा विसी, रणबहादुर चन्द,मञ्जुदेवी साह, पत्रकारहरु मोहन बास्तोला र देविका घर्ती रहेका छन् ।

भ्रमणका क्रममा चीनको सिचुवान प्रान्त र प्रदेश ५ बीच भगिनी सम्बन्ध कायम गर्ने बारेमा समझदारी हुनेछ । त्यसैगरी सिचुवान प्रान्तको याआन नगर र घोराही उपमहानगरपालिका तथा गोइजाउ प्रान्तको लियुयान्सु नगर र ठाकुरबाबा नगरपालिकाबीच पनि भगिनी सम्बन्ध कायम गर्ने समझदारी हुनेछ ।मुख्यममन्त्री पोखरेल असार २५ गते स्वदेश फर्कनु कार्यक्रम छ ।

यसैबिच कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी आन्तरिक मामिला तथा कानून मन्त्री कुल प्रसाद केसीले पाएका छन् । मुख्यमन्त्री पोखरेलले चीन भ्रमणबाट नर्फदासम्मका लागि मन्त्री केसीलाई कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएका हुन् ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

मत माग्दै घरदैलो

वडाध्यक्षमा ५ जनाको उम्मेदवारी

व्यवसाय सञ्चालनमा उपयुक्त वातावरण : अर्थमन्त्री

डा. केसीका माग सम्बोधन गर्न साझा पार्टीको माग

प्रमुख समाचार

करेन्ट लाग्दा दाजुभाइृको मृत्यु

थप प्रमुख समाचार

बङ्गलादेशका राष्ट्रपति हमिद जलविहार गर्दै

बंगललादेशका राष्ट्रिपति पोखरामा

पेस्तोलसहित २ पक्राउ

बागलुङमा बिश्व मधुमेह दिवस मनाइयो