दमौली, १६ असार । तनहुँको शुक्लागण्डकी नगरपालिका–९ घारीस्थित गौ संरक्षण केन्द्रका ४६ गाई मरेका छन् । बाघको आक्रमण, स्वास्थ्य जाँच र पोषण अभावमा केन्द्रमा रहेका ४६ गाई मरेका हुन् ।
संरक्षण केन्द्रमा तीन महीनाको अवधिमा ४६ गाई मरेको शुक्लागण्डकी नगरपालिका–९ का वडाध्यक्ष लोकनारायण श्रेष्ठले जानकारी दिए । पोखराको नगर क्षेत्रबाट गाई संकलन गरी ती केन्दमा लगेर राखिने गरिएको छ । गाई संकलन गरी केन्द्रमा लाने तर गाईलाई भोकभोकै राख्ने गरिएपछि गाई मर्ने क्रम बढेको छ ।
श्रेष्ठका अनुसार यसअवधिमा चितुवाको आक्रमणबाट मात्र २० वटा गाई मरेका छन् । दैनिक रुपमा गाई थपिने तर खानाको व्यवस्था हुन नसक्दा गाई मर्ने क्रम शुरु भएको छ । २०५ गाई रहेको संरक्षण केन्द्रमा ३० वटा गाई ब्याउने अवस्थामा रहेको छ ।
गाईलाई चोकर दाना घाँस र स्वच्छ खानेपानीको व्यवस्था गर्न कठिनाइ भएको छ । गाईलाई दिउँसोको समयमा चौरमा चराउन लैजाने गरिएको छ । परालमा रु दुई लाख खर्च भइसकेको छ ।
केन्द्रमा दिनदिनै गाई थपिने क्रम बढेसँगै आहारा अभाव हुन थालेको छ । गाईलाई पानी खुवाउनका लागि सोही ठाउँमा पोखरी खनिएको छ तर उक्त पानी स्वस्थ छ कि छैन भनेर परीक्षण गर्न समस्या परेको श्रेष्ठले बताए । गाई दैनिकरुपमा थपिँदै जाने र गाईलाई आहारा खुवाउन नसक्दा भविष्यमा समस्या हुन सक्ने देखिएको छ ।
जसले संरक्षण केन्द्रको चौर बालुवामा परिणत भएको छ । संरक्षण केन्द्रमा रहेका गाईको हेरचाहका लागि दुई जना हेरालो खटाइएको छ । हेरालोले गाईलाई घाँस भएको ठाउँमा चराउन लैजाने गरेपनि प्रयाप्त छैन ।
नगरपालिकाको रु १७ लाख र स्थानीयवासीको रु तीन लाख गरी रु २० लाखको लागतमा संरक्षण केन्द्र निर्माण गरिएको हो । गाई संरक्षण केन्द्र अवलोकनका लागि देशका विभिन्न जिल्लाबाट सर्वसाधारण आउने गरेका छन । गाई खरीदका लागि मानिस आउने गरे पनि कार्यविधि नबनेका कारण बिक्री गर्न रोक लगाइएको छ ।
संरक्षण केन्द्र वरपर चरणका लागि जग्गा अभाव रहेकाले वडाभित्र र वडा बाहिर रहेका ठाउँको खोजी भइरहेको छ । नगरपालिका क्षेत्रमा छाडा चौपायाको समस्या भएपछि संरक्षण केन्द्र निर्माण गरिएको थियो । छाडा छोडिएका चौपायाको कारण राजमार्गमा सवारी दुर्घटना हुने, यातयात जाम हुने, बालबालिका, महिला तथा ज्येष्ठ नागरिक त्रसित हुने गरेको र चौपायाको मलमूत्रले बजार क्षेत्र नै दुर्गन्धित हुन थालेपछि नगरपालिकाले संरक्षण केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो ।
Related News
सम्बन्धित समाचार
क्षतिग्रस्त पुल र सडक निर्माणमा २५ अर्ब लाग्ने
सर्वोच्चले भन्यो–जोशीलाई हिरासतमुक्त गर्न सकिने
बाढीपहिरामा परी २२८ जनाको मृत्यु
दाउन्ने सडक डेढ फिट भासियो
२०९ को मृत्यु, २९ अझै बेपत्ता
hero news full width
मुख्य समाचार
बाढीपहिरो प्रभावितलाई गण्डकी सरकारको ५० लाख
विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु, नवदुर्गाले खिच्यो ध्यान
असाेज १७, २०८१गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो
असाेज १७, २०८१स्वास्थ्य मन्त्रालय परिसरमै लामखुट्टेको बासस्थान !
असाेज १६, २०८१विन्ध्यवासिनी बसपार्कमा यात्रु सहायता कक्ष
असाेज १६, २०८१ढोरपाटनका मेयर कारागार चलान
असाेज १५, २०८१