गण्डकी प्रदेशस्तरीय मदन भण्डारी फाउण्डेसनमा प्यासी

आदर्श समाज सम्वाददाता
असार १५, २०७६
mb

पोखरा, १५ असार । पोखरामा ६७ आंै मदन भण्डारी जयन्ती मनाइएको छ । मदन भण्डारी फाउण्डेशनका केन्द्रीय सदस्य सोमनाथ प्यासीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मदन भण्डारीको फोटोमा पुष्पअर्पण गर्नुको साथै मदनभण्डारीका योगदानको चर्चा र उनीप्रति श्रद्धासुमन व्यक्त गरिएको थियो ।

फाउण्डेसनका केन्द्रीय सदस्य सोमनाथ प्यासीको अध्यक्षतामा सम्पन्न उक्त भेलामा भण्डारीकाविचारलाई सर्वाव्यापी बनाउन सबै लाग्नुपर्ने विषयमा जोड दिइएको थियो । उक्त अवसरमा मदन भण्डारी र जवज माथि विभिन्न कोणबाट आक्रमण भैइरहेको छ, ती आक्रमणलाई वैचारिक, राजनीतिक सैद्धान्तिक र व्यवहारिक ढंगले रक्षा गर्नुपर्नेमा जोड दिइएको थियो ।

भेलाले सोमनाथ प्यासीको संयोजकत्वमा गण्डकी प्रदेश स्तरीय मदन भण्डारी फाउण्डेसन गठन गरिएको छ । फाउण्डेशनको सह–संयोजक प्रा.डा गणेशमान गुरुङ, सचिव भीम कार्की सदस्यहरु क्रमश मानबहादुर जि.सी, सीता सुन्दास, तिलक महत, मना के.सी, टुकराज सिग्देल, टुका हमाल, नवराज शर्मा, नारायण मरासिनी, विकास लम्साल, सम्झना देवकोटा, पे्रमकुमार लामिछाने, चन्द्रमोहन गौचन, जनक पौडेल, मनबहादुर गुरुङ, कर्णबहादुर गुरुङ रहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width