‘पर्वते राजा’ सार्वजनिक

आदर्श समाज सम्वाददाता
असार १५, २०७६
parbate raja

पोखरा, १५ असार । युवा व्यवसायी तथा कलाकार रामचन्द्र पौडेलको पञ्चेबाजाको गीत सार्वजानिक गरिएको छ ।

असार महिनामा सार्वजानिक गरिएको ‘पर्वते राजा’ नाम गीतमा पौडेल र सम्झना लामिछानेको स्वर रहेको छ । गीतमा पर्वत, पोखरा, लमजुङका पर्यटकीय गन्तव्यलाई समेटिएको छ । खुदी बजार लमजुङकी नानी, पर्वत घुम्न जानी कि नजानी । दुर्लुङ घुम्न जाउँ, म जन्मेको ठाउँ सानु दुर्लुङ घुम्न जाउँ, हाम्लाई पोखरा पाईपर्छ त्यतै भेटम आउ ।

गीतमा तेजश रेग्मीले शब्द लेखेका छन भने विमलराज क्षेत्रीको लय संकलन गरेको छ । एस थ्रि इन्टरटेडम्यान्टद्धारा बजारमा आएको गीतमा आशिष अविरलको संगीत संयोजन रहेको छ । गीतको भिडियामा अर्जुन थापा, नारायण सुवेदी, आरसी पौडेल, पूजा पौडेल, शिल्पा कार्की, बिनु कार्की लगायतको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन बिशाल लोहनीले गरेका छन् भने छायांकन किसान बिसीको रहेको छ । भिडियोमा पर्वत र म्याग्दीका रमणीय दृश्यलाईउतारिएको छ ।

राष्ट्रिय लोकदोहारी गीत प्रतिष्ठान पर्वतका निवर्तमान अध्यक्ष रहेका पौडेलले गीतबाट आशावादी रहेको बताए । उनले गीतबाट मनोरञ्जनमात्र नभई पर्यटन विकासमा पनि टेवा पुग्ने बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width