शान्ति प्रक्रियाका बाँकी काम टुग्याउ–पूर्वराष्ट्रपति

आदर्श समाज सम्वाददाता
असार १४, २०७६
rambarna yadav main

बुटवल १४ असार । पूर्व राष्ट्रपति डा. रामवरण यादवले नयाँ संबिधान जारी भई ३ तहको निर्वाचन पश्चात मूलुक स्थायीत्वमा अघि बढेको बताएका छन् ।

नेपाल प्रेस युनियनले शुक्रवार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाले यही संबिधान मार्फत सबैका समस्या समाधान गर्न सकिने बताएका हुन् । पूर्वराष्टपति डा. यादवले लामो संघर्ष र आन्दोलनबाट नेपाली जनताले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको उल्लेख गर्दै शान्ति प्रक्रियाका बाकी काम पनि छिटो पुरा गर्नु पर्ने बताए । उनले सत्यनिरुपण तथा मेल मिलाप आयोगलाई सक्रिय बनाएर शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न अव ढिला गर्न नहुने बताए ।

नेपालले धेरै अन्तरराष्टिय शान्ति संझौतामा हस्ताक्षर गरेकाले अन्तराष्ट्रिय क्षेत्रमा लगेर कसैले दुख नदियोस भन्नका लागि शान्ति प्रक्रियाका काम टुग्याउन सरकारले बिशेष ध्यान दिनु पर्ने बताए । पूर्व राष्टपति डा. यादवले प्राकृतिक श्रोत र पर्यावरणलाई जोगाउन सबै नेपाली सचेत भएर लाग्नु पर्ने बताए ।

उनले लोकतान्त्रिक गणतन्त्रका लागि नेपाली प्रेसको निकै ठुलो योगदान रहेको स्मरण गर्दै शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्नका लागि पनि दवाव श्रृजना गर्न आग्रह गरे । उनले संविधान मुल राजमार्ग भएको भन्दै राजमार्गका खाल्टा पुर्नेकाममा सरकारको ध्यानाकर्षण आवश्यक रहेको बताए ।

उनले अधिकारका लागि अव कुनै खालको संर्घष हुन नहुने पनि बताए । युनियनका रुपन्देही सभापति रेखा भुसालको सभापतित्व र सहसचव कल्पना तिवारीको सञ्चालनमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोबिन्द आचार्य, महासचिव रमेश बिष्ट,पूर्व केन्द्रीय सदस्य हरि लम्साल, काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खंँण लगायतको उपस्थिति रहेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width