सिक्सलेन सडकमा स्टोनिया रोपियो

आदर्श समाज सम्वाददाता
असार १४, २०७६
tilottama plant2

बुटवल,१४ असार । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा शनिबार वृक्षारोपण गरेको छ ।

ग्रीन तिलोत्तमा क्लिन तिलोत्तमा नाराका साथ सरसफाई र हरियाली प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्दै आएको नगरपालिकाले दिवसको अवसरमा सिक्सलेन सडकको भलवारीमा वृक्षारोपण गरेको हो ।

नेपालमा हरेक वर्षको असार १४ गते वृक्षारोपण दिवस मनाउने गरिन्छ । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ लाई वृक्षारोपण वर्षको रुपमा मनाउने निर्णय गरेको छ । तिलोत्तमा नगरपालिकाले दिवसको अवसरमा सिक्सलेनको ग्रीनरी जोनमा स्टोनियाका झण्डै दुई सय पचास विरुवाहरु रोपेको हो ।

वृक्षारोपणको सुभारम्भ गर्दै नगर प्रमुख बासुदेव घिमिरेले रोपिएको विरुवाको भविष्यमा गर्नुपर्ने हेरचाहमा समेतमा सबैको ध्यान पुग्नुपर्ने बताए । तिलोत्तमा नगरपालिकाले गत वर्षबाट वृक्षारोपण सप्ताह आयोजना गर्दै आएको र यो वर्ष साउन १ बाट वृक्षारोपण सप्ताह सञ्चालन हुने जानकारी गराउँदै नगर प्रमुख घिमिरेले आफ्नो घरआँगन, खाली भू—भाग तथा उपयुक्र्त स्थानमा फलफूल तथा वनस्पतिका विरुवाहरु रोप्न सम्पूर्ण नगरबासीलाई आग्रह गरे ।

विगत वर्षमा जस्तै यो वर्ष पनि नगरबासीलाई वृक्षारोपण सप्ताहको अवसरमा अनुदानमा विरुवाहरु उपलब्ध गराइने जनाउँदै उनले टोल विकास संस्था तथा वडा कार्यालयमा सम्पर्क राखेर अनुदानमा विरुवाहरु पाइने बताए ।

दिवसको अवसरमा सम्पूर्ण नगरबासीलाई कम्तिमा दुई विरुवा रोपी त्यसको हेरचाह समेत गर्न अनुरोध गरेको नगरपालिकाले जन्मदिनमा कम्तिमा एउटा विरुवा रोपौं भन्ने अभियान समेत सञ्चालन गर्दै आएको छ । बेगनबेलियालाई सिटी फ्लावर निर्धारण गरेको तिलोत्तमा नगरपालिकाले सिक्सलेन सडकमा स्थानीय बासिन्दासँगको सहकार्यमा सघन हरियाली प्रवद्र्धन अभियान सञ्चालन गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो

    रासस असाेज २३, २०८१
    काठमाडौँ, २३ असोज । नेपाल राष्ट्र बैंकले दसैँतिहारलाई लक्षित गरी यस वर्ष नयाँ नोट मुद्रण नगर्दा नोट सटहीको चाप ह्वात्तै…
  • लायन्स पोखरा आदर्श चौतारीको सहयोग

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतको लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले रानीपौवास्थित सत्य साइ बाल आश्रममा…
  • दशैँमा पिङको मज्जा

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा लामाचौरमा नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा मंगलबार गाडिएको लिङ्गे पिङमा रमाउँदै केटाकेटी । सशस्त्र प्रहरी बल कालिका गण, मालेपाटनले…
  • राष्ट्रिय पुस्तक नीति महत्वपूर्णः शिक्षामन्त्री

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पठन संस्कृतिको विकासमा राष्ट्रिय पुस्तक नीति महत्वपूर्ण हुने बताएकी छन् । मन्त्रालयमा…
  • दशैँमा गावै रमाइलो, तर बाहिरिने कम

    धनबहादुर गुरुङ असाेज २२, २०८१
    पोखरा । पर्यटनको राजधानी पोखरालाई कर्मथलो र पढ्नेथलो बनाएकाहरु दशैँतिहार माहोलसँगै यतिखेर गाउँ फर्कने तयारीमा छन् । त्यसैबेला पोखराका प्रमुख…

hero news full width

Recent Posts

भर्खरै