काठमाडौं, १३ असार । नेपालमा वर्षौंदेखि पत्रपत्रिकाको वर्गीकरणको कार्य गर्दै आएको प्रेस काउन्सिल नेपालले सो कार्यमा निष्पक्ष हुन नसकेको सर्वोच्च अदालतको ठहर छ ।
लमजुङबाट प्रकाशित हुँदै आएको अन्तरङ्ग साप्ताहिकले वर्गीकरणको नतिजामा चित्त नबुझेको भन्दै दिएको रिट निवेदनमा ‘रिट राजी’ फैसला भएसँगै सो ठहर भएको हो ।
स्वतन्त्र पत्रकार संघ नेपालका निवर्तमान महासचिव समेत रहेका अन्तरङ्गका सम्पादक नवराज पहाडीले प्रेस काउन्सिल, सूचना विभाग, सञ्चार मन्त्रालय र नेपाल पत्रकार महासंघका तत्कालीन अध्यक्ष महेन्द्र विष्टलाई विपक्षी बनाएका थिए ।
विगतको २७ वर्षदेखि प्रकाशन हुँदै आइरहेको अन्तरङ्गद्वारा आव २०६६÷६७ मा क वर्ग र आव २०७०÷७१ मा ‘क’ वर्गमा वर्गीकृत हुनुपर्ने सो नगरिएको हुँदा आफूउपर पक्षपात भएको भन्दै न्यायका लागि छुट्टा छुट्टै रिट दायर गरिएको थियो । दुवै रिट उपर ‘रिट जारी’ फैसला भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुयालको संयुक्त इजलासले सो फैसला गरेको हो ।
सो मुद्दामा प्रेस काउन्सिलकोतर्फबाट बरिष्ठ अधिवक्ता सहित दुईजना र अन्य विपक्षीका तर्फबाट एकएक जना अधिवक्ताले बहस पैरवी गरेका थिए । अन्तरङ्गका विपक्षी अधिवक्ताहरूले पत्रपत्रिकाको वर्गीकरण काउन्सिलले गर्ने नभई छुट्टै विज्ञहरू रहेको स्वतन्त्र समितिले गर्ने, त्यसमा चित्त नबुझे ३५ दिनभित्र पुनःमूल्यांकनका लागि निवेदन दिन सक्नेमा सो नगरी विपक्षी सिधै अदालत आएको र त्यसरी पुनःमूल्यांकनको नतिजा उपर चुनौती दिने कानुनी व्यवस्था नरहेको हुँदा रिटमा कुनै तुक छैन, औचित्यहीन छन् त्यसैले ती रिट निवेदन खारेज हुनुपर्छ भन्ने माग दावी गरेका थए ।
वर्गीकरणमा परेका साप्ताहिक पत्रिकाहरूलाई लोककल्याणकारी विज्ञापन छाप्न लगाई मासिक ‘क’ वर्गले २६ हजार दुई सय ५० रुपैयाँ, ‘ख’ वर्गले १८ हजार छ सय ८७ रुपैयाँ र ‘ग’ वर्गले १३ हजार एक सय २५ रुपैयाँ नेपाल सरकारले दिने गरेको छ । अन्तरङ्गकोतर्फबाट वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र नवराज पहाडी आफैले बसह पैरवी गरेका थिए ।
Related News
सम्बन्धित समाचार
सर्वोच्चले भन्यो–जोशीलाई हिरासतमुक्त गर्न सकिने
बाढीपहिरामा परी २२८ जनाको मृत्यु
दाउन्ने सडक डेढ फिट भासियो
२०९ को मृत्यु, २९ अझै बेपत्ता
अख्तियार पोखराबाट ९१ प्रतिशत उजुरी फछ्र्यौट
hero news full width
मुख्य समाचार
विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु, नवदुर्गाले खिच्यो ध्यान
गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो
असाेज १७, २०८१स्वास्थ्य मन्त्रालय परिसरमै लामखुट्टेको बासस्थान !
असाेज १६, २०८१विन्ध्यवासिनी बसपार्कमा यात्रु सहायता कक्ष
असाेज १६, २०८१ढोरपाटनका मेयर कारागार चलान
असाेज १५, २०८१ज्येष्ठ नागरिकलाई महानगरको सम्मान
असाेज १५, २०८१