लमजुङ, १३ असार । लमजुङको सुन्दरबजार नगरपालिका– २ परेवाडाँडाका स्वास्थ्य आमा समूहले कोषमा जम्मा गरेको रकमबाट फिल्टर खरिद गरेका छन् । आमाहरूले पानी शुद्धीकरण गरेर खानुपर्ने महत्व बुझेपछि फिल्टर खरिद गरेका हुन् ।
सरसफाई तथा स्वास्थ्यको बारेमा जानकारी पाएका समूहमा आवद्ध आमाहरूले पानी शुद्धिकरण गरेर खानुपर्ने महत्व बुझेपछि फिल्टर खरिद गरेको बताएका छन् । पूर्ण सरसफाईका सूचक मध्ये पानी शुद्धिकरण गरी पिउने एक सूचक भएको हुँदा यो कार्य गरिएको स्वास्थ्य आमा समूहका अध्यक्ष सम्झना श्रेष्ठले बताइन ।
उनका अनुसार कोषमा जम्मा भएको रकमबाट ३० वटा फिल्टर खरिद गरिएको छ । ३० घरका लागि ३७ हजार ५०० रुपैयाँमा खरिद गरी प्रति घर एक एकवटाका सदरले वितरण गरिएको उनले भनिन् ।
सुन्दरबजार नगरपालिका– २ का अध्यक्ष जगतबहादर खड्काले एक कार्यक्रमका बीच आमाहरुलाई फिल्टर वितरण गर्नुभएको हो । खड्काले स्वच्छ पानी पिउनु पर्ने र अशुद्ध पानी पिएमा विभिन्न रोग लाग्ने बताए । वडाले गाउँगाउँमा सरसफाई र स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम तथा योजना बनाएको उनको भनाई छ ।
सुआहारा कार्यक्रमका सरसफाई अधिकृत रोशन चौलागाइँले उक्त ठाउँमा सरसफाई सम्बन्धी कार्यक्रमलाई तिब्रता दिएको बताए । परेवाडाँडा भित्रका विभिन्न स्वास्थ्य आमा समूहरुमा सरसफाई सम्बन्धी अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएसंगै स्वास्थ्यप्रति सचेत भएको उनले जानकारी दिए ।
सुन्दरबजार कार्यपालिका सदस्य शान्ता भुजेल, ग्रामीण साुमदायिक विकास केन्द्र (आरसीडीसी) का कार्यकारी निर्देशक प्रेमबहादुर भट्टराई, वडा सदस्य पुनकुमार श्रेष्ठ लगायतले हरेक नागरिकले पानी फिल्टर गरेर पिउनुपर्नेमा जोड दिए । उनीहरूले रोगबाट बच्न वातावरणीय, व्यक्तिगत सरसफाई र स्वच्छ खानेपानीमा ध्यान दिनुपर्ने बताए ।
Related News
सम्बन्धित समाचार
नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
लायन्स पोखरा आदर्श चौतारीको सहयोग
दशैँमा पिङको मज्जा
राष्ट्रिय पुस्तक नीति महत्वपूर्णः शिक्षामन्त्री
दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
hero news full width
मुख्य समाचार
विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
असाेज २३, २०८१हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
असाेज २३, २०८१पोखरामा क्रस कन्ट्री दौड तयारी
असाेज २२, २०८१दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१