पोखरामहानगर पालिकाको कार्यालयमा काँग्रेसको ताला

आदर्श समाज सम्वाददाता
असार १२, २०७६
nagar photo

पोखरा, असार १२ । नेपाली काँग्रेसबाट महानगरमा निर्वाचित जनप्रतिनिधिहरुले पोखरा महानगरको कार्यालयमा तालाबन्दी गरिदिएका छन् । बजेटमा विभेद गरेको आरोप लगाउँदै उनीहरु आन्दोलित छन् ।

बुधबार नगरसभाको अन्तिम समयमा रातो किताव च्यातेर बाहिरिएका उनीहरुले विहीबार महानगरको मुलगेटमै तालाबन्दी गरेका हुन् । नाराबाजी सहित उनीहरुले महानगर कार्यालयको गेटबाहिर प्रदर्शन समेत गरेका थिए ।

बजेट वितरण समानुपातिक नभएको काँग्रेसका प्रतिनिधिहरुको आरोप छ । कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचलाई केन्द्रित गरेर बजेट विनियोजन गरेको वडा नं ४ का वडाध्यक्ष शंकर बास्तोलाले बताए ।

काँग्रेसको विरोधकै बाबजुत महानगरको बजेट बुधबार नै बहुमतले पारित भएको छ । १ सय ७० सदस्य रहेको पोखराको नगरसभामा ४८ जना काँग्रेसका सदस्य छन् भने बाँकी सबै नेकपातर्फका हुन् । केही वडाहरुमा मात्रै बजेट केन्द्रित भएको र काँग्रेसले जितेका वडाहरुलाई विभेद गरेको ३ नम्बर वडाका वडाध्यक्ष रवीन्द्रबहादुर प्रजुले बताए । उनले यो बजेट सच्याएर ल््याउन माग गरेका छन् ।

वडा नं ११ का वडाध्यक्ष मोहन बास्तोला पनि बजेट नसच्चिएसम्म आन्दोलन निरन्तर चलिरहने बताउँछन् । सच्याउन आग्रह गरेको र नमानेसम्म आन्दोलन नरोकिने उनको भनाई छ । १० नम्बर वडाध्यक्ष राजकुमार गुरुङ अहिलेको बजेटले काँग्रेसलाई बाईपास गरेको आरोप लगाउँछन । बजेटजति नेकपाले जितेका वडामा थुप्रिएको उनको गुनासो छ ।
मेयर मानबहादुर जिसीले बजेटमा कुनै विभेद नभएको दावी गरे । काँग्रेसको तालाबन्दी पछि विहीवार महानगरको सेवा प्रवाह समेत प्रभावित बनेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width